मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘सेमी लकडाउन’ पछिको पहिलो दिन, चैते दशैंको पूर्वसन्ध्यामा बडा दशैंको झल्को (फोटोफिचर)

शनिबार, ०८ चैत २०७६, १४ : ००
शनिबार, ०८ चैत २०७६

काठमाडौँ । काठमाडौँका अधिकांशस्थल यतिबेला सुनसान छन् । बसपार्कमा भने मानिसको ठूलो भीड देखिन्छ ।

ललितपुर सानेपाका सुवास सिलवाल राजविराज घर जान रविन कार्कीलाई छाड्न कलंकीसम्म आएका हुन् ।  सिलवाल माइक्रोबायोलोजीका विद्यार्थी हुन् ।

चितवन मेडिकल कलेजबाट एमबीबीएस सकेर काठमाडौँ सिनामंगलस्थित केएमसी अस्पतालमा काम गर्दैछन् । आफै स्वास्थ्यकर्मी भएकाले कोरोनाबारे पर्याप्त सकर्तकता अपनाएको उनी बताउँछन् ।

‘माइक्रोबायोलोजीको विद्यार्थी, त्यसमा पनि ल्याबमै काम भएकाले हल्का जोखिमपूर्ण पनि छ । सावधानी अपनाएको छु । आफैलाई आइसोलेट गरेर राखेको छु,’ उनले भने, ‘अहिले काठमाडौँको वातावरण मलाई दशैंजस्तो लागिरहेको छ । अरुबेलामा सँधै जाम हुने चावहिल चोक र कोटेश्वर चोकमा पनि जाम छैन ।’

उनी पकेटमै सेनिटाइजर बोकेर हिँड्छन् । ‘जोखिमपूर्ण छ । अस्पतालमा सँधै बिरामी भेट्नुपर्ने हुन्छ । ज्वरो चेक सँधै गराउँछौं । इथायल अल्कोहलमा डिटोल मिसाएर सावर लिने लिने गरेका छौं । आफू पनि सतर्क रहने र अरुलाई पनि सतर्क रहन सुझाव दिने गरेका छौं,’ उनले भने ।

कार्की काठमाडौँबाट राजविराज हिँड्न लागेका हुन् । उनी गोल्डेनगेट कलेजमा ‘प्लस टु’ बढ्दैछन् । ‘कलेज चैत मसान्तसम्मका लागि छुट्टी भयो । अब काठमाडौँमा बाहिर निस्कने अवस्था छैन । त्यसैले घर फर्कदैंछु,’ उनले भने ।

फुटपाथमा चकलेट बेचिरहेका २५ वर्षदेखि काठमाडौँमा ट्याक्सी चलाइरहेका धादिङ नौबिसेका विन्दा कार्की काठमाडौँमा यस्तो सुनसान अवस्था बडा दशैंमा मात्रै देखिने गरेको बताउँछन् ।

‘चैते दशैं आउन लागेको छ । यसपाली बडादशैंमा झैं सबै घर फर्कदैंछन् । व्यापार छैन,’ उनले भने, ‘धेरै मानिससँग सम्पर्कमा रहनुपर्ने भएकाले म समय–समयमा हात धोइरहन्छु । ट्याक्सी पनि नियमित सफा गर्ने गर्छु ।’

सार्वजनिक यातायतका चालक र सहचालक पनि अत्यधिक मानिससँग सम्पर्कमा आउने गर्छन् । शनिबार केही चालक मास्क लगाएको अवस्थामा भेटिन्थें भने केही अनुहार खुला राखेर नै आफ्नो ड्युटी गरिरहेका थिए ।

प्रहरी जवान जीवन लामा सुरक्षाका लागि हात धुने, मास्क लगाउने र सतर्कता अपनाउने काम गरिरहेको बताउँछन् ।

लामाका अनुसार ठूलो संख्यामा सर्वसाधारण काठमाडौँबाट बाहिरिने क्रम जारी छ । ‘ हामी सतर्कताका साथ सुरक्षित रुपमा ड्युटी गरिरहेका छौं,’ उनले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अन्वेषण अधिकारी
अन्वेषण अधिकारी
लेखकबाट थप