बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टाइनमा नबस्नेलाई युएईमा कडा नियम, ५ वर्षसम्म जेल र ३२ लाख जरिवाना

शनिबार, ०८ चैत २०७६, १२ : ४४
शनिबार, ०८ चैत २०७६

युएई सरकारले क्वारेन्टाइन नियम उल्लंघन गर्नेमाथि ५ वर्षसम्म जेल र ५० हजारदेखि १ लाख दिरामसम्म ( झन्डै ३२ लाख ५८ हजार नेपाली रुपैयाँ) जरिवाना गर्न सकिने जनाएको छ । 

युएईका महान्यायधिवक्ता हमद सैफ अल साम्सीले देशले पूर्वतयारीका लागि बनाएको नियम नतोड्न सर्वसाधारणलाई चेतावनी दिएका छन् ।

 १४ दिने ‘होम क्वारेन्टाइन’ तोड्ने र धेरै मानिससँग सम्पर्कमा आउने गतिविधिले समाजको स्वास्थ्य र सुरक्षामा जोखिम उत्पन्न गराउने भएकाले त्यस्ता व्यक्तिमाथि कानूनी कारबाही हुने उनले स्पष्ट पारे । 

संसारभर कोरोना भाइरसको बढ्दो प्रकोप बढ्दा पनि  १४ दिने क्वारेन्टाइन बस्न धेरै मानिसले आनाकानी गरिरहेका छन् । संक्रमित व्यक्तिले मनसाय नै बनाएर सरुवा रोग फैलाएमा उसलाई जेल र जरिवाना गरिने युएईको संघीय कानून २०१४ अन्तर्गत धारा १४ मा उल्लेख छ ।

 ‘कानूनले संक्रमित व्यक्तिलाई योजनाबद्ध व्यवहारमार्फत अन्य व्यक्तिमा रोग फैलाउन निधेष गरेको छ । यस कानून उल्लंघन भएमा ५ वर्ष जेल र ५० हजारदेखि १ लाख दिरामसम्म जरिवाना हुनसक्नेछ ,’ अधिवक्ता घासन इल दायेले भने, ‘यदि यस्तो गल्ती दोहोरिएमा न्यायाधीसहरुले जेलसजाय दोब्बर गर्नसक्न ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप