बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको नयाँ बसपार्कमा देखियो यस्तो दृश्य, बिहानैदेखि अत्यधिक भिडभाड

शनिबार, ०८ चैत २०७६, १० : ०५
शनिबार, ०८ चैत २०७६

काठमाडौं । कोरोना भाइसरको त्रासका कारण सरकारले चैत १० गतेदेखि केही समयको लागि लामो दूरीको यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेपछि सोअघि नै घर जानका लागि सर्वसाधारण हतारिएका छन् । 
शनिबार बिहानै रातोपाटी प्रतिनिधि नयाँ बसपार्क पुग्दा यात्रुहरुको अत्याधिक भिडभाड देखिन्थ्यो भने टिकट पाउन निकै सकस देखिन्थ्यो । 

सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको अवस्था र कोरोना भाइरसको संक्रमणको डरले आफूहरु गाउँ जान लागेको उनीहरुको प्रतिक्रिया थियो । 

दाङकी कल्पना केसीले सरकारले १३ दिनसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको र सुरक्षा अपनाउन समेत भनेको अवस्थामा अहिले काठमाडौंमा बस्ने बाहेक केही काम नहुने भएकाले गाउँमा सुरक्षित हुने ठानेर जान लागेको प्रतिक्रिया दिइन् । तर चर्को भिडभाडले टिकट पाउन निकै सकस परेको उनले बताइन् । 

भिडियो हेर्नुहाेस्

केसी जस्तै काठमाडौंमा बस्दै आएका घेरै सर्वसाधारण अहिले गाउँ जाने हतारोमा छन् । १० गतेदेखि लामो दूरीको सवारी साधान नचल्ने हुँदा त्यसअघि नै गाउँ पुगिसक्नुपर्ने अवस्था रहेकाले बसपार्कमा भिडभाड बढेको हो । 

बसपार्क पुगेकाहरु अधिकांश मास्क लगाएर पुगेको देखिन्थ्यो भने कर्मचारीहरुले पनि सम्भावित संक्रमणबाट जोखिन मास्क लगाउनुका साथै अन्य सावधानी अपनाएको देखिन्थ्यो । 

यसैबीच पुरानो बसपार्क, कलंकी, कोटेश्वरलगायतका क्षेत्रमा पनि यात्रुहरुको उत्तीकै भिड रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप