नक्कली लाइसेन्ससहित चालक पक्राउ
शनिबार, ०८ चैत २०७६, ०८ : १८

प्रहरीले नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी चलाउने तीनजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुङ्गामा गरेको जाँचका क्रममा नक्कली लाइसेन्स बोकेर सवारी चलाउने मकवानपुरका २२ वर्षीय मनिष स्याङताङ, काठमाडौँ टोखाका २२ वर्षीय अविनाश खड्का र काभ्रेपलाञ्चोकका २२ वर्षीय सुजन गौतमलाई शुक्रबार पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले पक्राउ परेका तीनैजनाले ट्रायल पास नभई लाइसेन्स लिएको भेटिएकाले पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका व्यक्तिले अरु व्यक्तिलाई समेत नक्कली लाइसेन्स बनाउने गरेको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका तीनैजनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गतको लिखतसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात कार्यालय विराटनगरबाट बिचौलिया काम गर्ने १२ जना पक्राउ
-
जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आज चैत्रकृष्ण एकादशी, पापमोचनी एकादशी व्रत गरिँदै
-
कुलमानलाई हटाएकोप्रति शेखर कोइरालाको प्रतिक्रिया– 'विनाशकाले विपरीत बुद्धि'
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना