शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवका जिल्ला इन्चार्जसहित २ जना पक्राउ

शनिबार, ०८ चैत २०७६, ०७ : ४७
शनिबार, ०८ चैत २०७६

रौतहट । प्रतिबन्धित नेत्रबिक्रम चन्द समूहका रौतहट जिल्ला इन्चार्ज सहित २ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा आज बिहान ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले दुबैजनालाई रौतहट र मकवानपुरको सिमाना नजिकै पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बिप्लवका जिल्ला इन्चार्ज सङ्केत भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङ रहेको डिएसपी हेमबहादुर शाहीले बताएका छन् ।

उनीहरुको साह बाट एकथान घरेलु नलकटुवा पेस्तोल र एकथान हैण्डगृनेड बरामद भएको डिएसपी शाहीले जानकारी गराएका छन् । 

दुबैजाना प्रहरीको नियन्त्रणमा रहेको र उनीहरुलाई शनिबार १० बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप