बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा, नेपाली सुरक्षित

शुक्रबार, ०७ चैत २०७६, २२ : ५४
शुक्रबार, ०७ चैत २०७६

 न्यूजिल्याण्ड । पछिल्लो समय नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गइरहेको न्यूजिल्याण्डमा पनि कोरोना भाइरस (कोभिड १९) प्रभावितको संख्या बढ्दो क्रममा रहेको छ । 

 चीनको उहान प्रान्तबाट शुरु भएको यो भाइरसले यस देशलाई पनि आर्थिक रुपमा संकटग्रस्त बनाइरहेको छ ।  

अस्ट्रेलिया र चीनसँग अत्यन्तै नजिकको व्यापारिक र आर्थिक सम्बन्ध राख्ने न्यूजिल्याण्डले यतिबेलासमम्म कुनै पनि मानवीय क्षति भने बेहोर्नुपरेको छैन । तथापि संक्रमितहरुको संंख्या भने दिनानुदिन बढ्दै गइरेहेको छ । न्यूजिल्याण्डको श्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार शुक्रबार सम्म संक्रमितको संख्या ३९ पुगेको छ । अरु थप संक्रमितको संख्या नबढोस् भन्नका निम्ति यहाँको सरकारले बिहीवार मध्यान्न १२ वजेबाट देशवासी बाहेक अन्य सम्पूर्णलाई आगमनमा रोक लगाएको छ । 

यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्डले यतिबेला आफूलाई सक्रिय बनाउँदै देशैभर रहेका नेपालीहरुमाझ विभिन्न कार्यक्रम मार्फत सजग गराउँदै छ ।

 विपदको घडी र फैलिँदै गरेको कोरोना भाईरसको प्रकोपबाट आजसम्म कुनै पनि नेपालीमा संक्रमण नरहेको र संक्रमनको स्थिति देखा परेमा सहयोग गर्न तयारी अवस्थामा रहेको अध्यक्ष लाल केसीले जानकारी दिए । 
शुक्रबार बसेको एनआरएनको न्यूजिल्याण्डको  आपतकालिन बैठकले सचिव प्रवित रुपाखेतिको नेत्रृत्वमा ७ जना सदस्य रहने गरी आपलतकालिन उद्दार समिति गठन गरेको उनले बताए ।

 भोलि आईपर्ने जटिल परिस्थितिमा यस समितिले न्यूजिल्याण्ड सरकारसँग समन्वय गरी हरेक नेपालीहरुलाई सुरक्षित राख्ने हरप्रयास गर्ने अध्यक्ष केसीले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप