बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

कोरोनाबाट विश्वभर १० हजार ५ सय ४५ को मृत्यु (अपडेट)

शुक्रबार, ०७ चैत २०७६, २२ : ३३
शुक्रबार, ०७ चैत २०७६

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण शुक्रबारसम्म १० हजार ५ सय ४५ व्यक्तिको मृत्यु भएको छ ।  विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको विवरणअनुसार संसारभरी दुई लाख ४६ हजार १७८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । 

सङ्क्रमित व्यक्तिहरुमा ८८ हजार ४८३ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ४७ हजार ६४६ व्यक्ति हाल सङ्क्रमित रहेका छन् ।  कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परीसकेको छ । 

चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।  चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २४८ व्यक्तिको मृत्यु भएको छ भने, ८० हजार ८६७ जना सङ्क्रमित रहेका छन् ।

हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण तीन हजार ४०५ व्यक्तिको मृत्यु भएको छ ।  हाल ४१ हजार ३५ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारकाअनुसार चार हजार ४४० व्यक्ति उपचारपछि घर फर्किएका छन् । 

इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार २४८ व्यक्तिको मृत्यु भएको छ ।  हाल १८ हजार ४०७ जना सङक्रमित रहेका छन् । पाँच हजार ९७९ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ।  स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण ८३१ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ७७ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार एक हजार १०७ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । 

जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण ४४ व्यक्तिको मृत्यु भएको छ । हाल १५ हजार ३२० जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार ११५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको कारण  २१७ व्यक्तिको मृत्यु भएको छ ।  हाल १४ हजार ३६५ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार १२५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ३७२ व्यक्तिको मृत्यु भएको छ ।  हाल १० हजार ९९५ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार १ हजार २९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । आठ हजार ६५२ सङ्क्रमित भएका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार २ हजार २३३ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विजरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ४३ व्यक्तिको मृत्यु भएको छ । चार हजार २२२ सङ्क्रमित भएका छन् ।  यसैबीच १५ जना भने उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण १४४ व्यक्तिको मृत्यु भएको छ । तीन  हजार २६९ सङ्क्रमित भएका छन् । यसैबीच ६५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

भारतमा हालसम्म कम्तीमा २०१ वटा कोरोनाभाइरस सङ्क्रमणका घटना देखापरेका छन् ।   देशभर सयौँको सङ्ख्यामा मानिसलाई ’सेल्फ आइसोलेशन’ वा ’क्वारन्टाइन’ केन्द्रमा राखिएको छ । शुक्रबारसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ५ व्यक्तिको मृत्यु भएको छ । 

देशभर विद्यालय र कलेज बन्द गरिएका छन् र धेरै राज्यले भिडभाडमा प्रतिबन्ध लगाएका छन् । तर विज्ञले कोरोनाभाइरस फैलन नदिन भारतले अझ धेरै कदम चाल्नुपर्ने बताइरहेका छन् । पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३०७ पुगेको छ र त्यहाँ सङक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ ।

श्रीलङ्कामा ६०, अफगानिस्तानमा २२, बङ्गलादेशमा १४, माल्दिभ्समा १३ वटा सङक्रमण हालसम्म देखापरेको छ । -एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप