शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२० दिन मै सरुवा भए ईस्माका प्रशासक, भयो यस्तो लफडा

शुक्रबार, ०७ चैत २०७६, २१ : २७
शुक्रबार, ०७ चैत २०७६

गुल्मी। पुरानालाई विदाइ र नयाँलाई स्वागत कार्यक्रम चल्दै थियो गुल्मीको ईस्मा गाउँपालिकामा । जनप्रतिनिधी र कर्मचारीहरु हात–हातमा फुलको माला र  अविर लिएर  पुराना प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतलाई विदाइ र भर्खर कार्यभार सम्हाल्न आएका प्रेमचन्द्र अर्याललाई स्वागत गरिँदै थियो ।

फगुन १४ गते प्रमुख प्रशासकिय अधिकृत अर्याललाई सबै जनाले भव्य स्वागत गर्ने कार्यक्रममा परिचय कार्यक्रम सुरु भयो । त्यस क्रममा एक जना उठेर परिचय दिदै भने–म  लेखाको.... ।

उनै प्रमुख प्रशासकिय अधिकृत अयार्लले –बस्नुस् तपाई, तपाईले जस्तो लेखाको काम मैले पनि गरेको हुँ भन्दै ती कर्मचारीको अपमान गरे ।

नव आगन्तुक  प्रमुख प्रशासकिय अधिकृत अर्यालको बोल्ने पालो आयो । उनी कड्किदै जान थाले पछि  सबैमा निरासा छायो ।  ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट लामो समय सम्मको समाज सेवी र उमेरको हिसावले पनि  त्यस क्षेत्र कै आफैमा वरिष्ठ ब्यक्ति हुन् ।

उनलाई समेत चुनौती दिने गरी प्रमुख प्रशासकिय अधिकृत अर्याल कड्किदै जान थाले ।  उनले चुनौती दिँदै भने, ‘मैले यहाँका सबै जनाको नियत बुझेको छु । सबलाई नाङ्गेझार पारेर छाडि दिन्छु ख्याल गर्नुस् । यस्तो भाषा प्रयोग गर्ने विपक्षी दलका नेताहरुले हो , कमर्चारीहरुले होईन भन्ने गाईगुईँ चल्न थाल्यो ।’

उनले गाउँपालिका प्रमुखसहित वडाध्यक्ष र अन्य जनप्रतिनिधीहरुलाई चेतावानी दिँदै भने,‘ तपाईहरु भनेका नीति निर्माण मात्रै गर्ने हो , कार्यन्वयन गर्ने सब मैले हो , हस्तक्षेप गर्न  पाउनु हुन्न  । क्रमशः उनले कर्मचारीहरुको विभागहरु भताभुङ्ग पार्न थाले ।  अधिकृत स्तरका स्थाई कर्मचारीहरु हुँदाहुँदै उनले कराका कनिष्ट कर्मचारीहरुलाई बिशेष भुमिकामा  राखे ।’

कतिसम्म गरे भने आईटी अफिसर बाबुलाल  थापालाई प्रशासन फाँटको जिम्मेवार दिए । उनले मेरो अनुभवले त्यो जिम्मेवारी निभाउन नसक्ने भन्दै मानेन । त्यस पछि करारका कर्मचारी गणेश खत्रीलाई प्रशासन फाँटमा लैजाने बताए । एकाएक जिम्मेवारीहरु बाँडफाड गदै जाँदा पनि ईस्मा गाउँपालिका अध्यक्ष  बिष्ट बोलेनन् ।

एक दिन गाउँपालिका अध्यक्ष बिष्ट  सहितका जनप्रतिनिधीहरुलाई अपमानित शब्द प्रयोग गरे । ‘तपाईहरु बढी राजनीति गर्नुहुन्छ मलाई थाह छ’ ईस्मा गाउँपालिका अध्यक्ष बिष्टले टेबुल ठोक्दै भने, ‘तिमी यहाँ रहे सम्म म कार्यलय मै आउँदिन भनेर निस्कीएर हाल सम्म पनि गएका छैनन् ।’

उनको प्रतिकृया माग्दै बिष्टले भने,‘म उनको बारेमा बोल्नै चाँहदिन ।  यस अघिका प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारी र जनप्रतिनिधी बिच निकै सुमधुर सम्वन्ध थियो ।’

अर्याल जस्ता  कर्मचारी त मैले कतै देखे कै थिईन । बिष्ट आफै पनि एक समयका सरकारी कर्मचारी थिए ।

ईस्मा गाउँपालिकाको प्रशासनको स्थापना गर्नमा महत्वपुर्ण भुमिका निभाएका थिए साविक जिल्ला बिकास समितिका योजना अधिकृत सरोज पोखरेलले । उनको एक बर्षे कार्यकाल सह्रानिय रहेको त्यहाका  जनप्रतिनिधीहरु बताउँ छन् । दोश्रो दुई बर्षे कार्यकाल चन्द्रकान्त बस्नेतको थप जनप्रिय रहेको ईस्मा गाउँपालिका उपाध्यक्ष  विमला खत्री बताउँछिन् ।

अहिले आएका अर्याल जस्ता कर्मचारी कतै नपाएको उनको ठम्याइ छ । उनले भनिन, ‘हामी जनप्रतिनिधी र कर्मचारी सबै जनताको सेवाका लागि हो ।’

कैयौैं उपभोक्ताहरुको काम उनले अगाडी बढाएनन् । काम ठप्पै पारे । कर्मचारी बिच बोल बाराबारको स्थिती  सिर्जना गरे । हामी जनप्रतिनिधीहरुलाई राजनीतिकर्मीको रुपमा मात्रै हेरे ।
गाउँपालिका अध्यक्ष , उपाध्यक्ष र वडाध्यक्षहरुलाई धम्काउँदै अपमान गरे ।  कर्मचारीहरुले उनीबिरुद्ध पेन डाउन गर्ने चेतावानी दिए । हामी जनप्रतिनिधीहरुले भन्दा उनलाई कर्मचारीहरु कै दवावबाट आफै सरुवा माग्न बाध्य भएका हुन् ।

त्यहाँका सुब्बा तहका स्थायी  कर्मचारी नारायण महत  भन्छन् , ‘सुरु मै त्यत्रा जनप्रनिधीहरु साँछी छन । उहाँको तडक भडक बेग्लै बन्यो । हामी त उहाँको निर्देशनमा काम गर्ने कर्मचारी हो । उहाँ भन्दै हुनुहुन्थ्यो ,मेरो काम गर्ने स्टाईल बिगतका प्रमुख प्रशासकिय अधिकृतको भन्दा फरक हुने छ । त्यो उहाँको कुरा हो तर पनि कर्मचारीहरुलाई मिलाएर राख्नु पर्दथ्यो । यताको उता गराउँदा भताभुङ्ग  जस्तो स्थित सिर्जना भएको हो । 

आईटी अफिसर बाबुलाल थापा भन्छन कहाँको म आईटी अफिसरलाई प्रशासन प्रमुख जिम्मेवारी दिएर सम्हाल्न सकुला ? मेरो विभाग नै प्राविधिक भए पछि प्रशासनको म सँग अनुभव  हुने कुरै भएन त्यही भएर त्यो विभागमा जान नमानेको हुँ ।  चैत्र ४ गते  कार्यभार सम्हालेको २० औं दिनका दिन प्रमुख प्रशासकिय अधिकृत अर्यालको स्याङ्गजाको एक गाउँपालिकामा सुरुवा भएको जनाईएको छ ।

उनको प्रतिकृया माग्दा आफुले जनप्रतिनिधीहरुको अपमाान नगरेको र प्रशासन मिलाउन खोजेको  दावी गरे   । ‘खै मैले त राम्रै गर्छु भनेको थिएँ , एउटै कर्मचारीलाई तिन तिन वटा विभागको जिम्मेवारी दिईएको थियो , मैले एउटामा मात्र जिम्मेवारी दिएको हुँ, ’ उनले भने ,‘करिव एक बर्ष प्युठानको गौमुखे गाउँपालिकामा पनि मैले प्रशासन चलाएको अनुभव छ ।’

यस सम्बन्धमा गौमुखे गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरि संग बुझ्दा अर्यालमा समस्या रहेको बताए । ‘उहाँलाई लगाम लगाउन खोजिएको हो  । उहाँले  जनप्रतिनिधीहरुलाई टेर्न अलि नखोज्ने स्वभावका हुनुहुन्थ्यो , यसर्थ यहाँबाट धपाईएको हो, उहाँले हामीलाई एउटा गतिलो पाठ सिकाएर जानु भएको छ, ’ अध्यक्ष गिरिले भने ।

उनी त्यहाँबाट काठमाण्डौंै हुलाक विभागमा सरुवा भइ त्यहाँ  ६ महिना बसेर ईस्मामा सरुवा भई आएको बताउँ छन् । उनको घर गुल्मी कै अर्जै हो  ।

उनका छिमेकीले उनलाई यति बेला  गाडीमा झै प्रशासनिक क्षेत्रमा एकै साथ ब्रेक लगाउन खोज्नु गलत भएको सुझाव दिई रहेको बताउँ छन्  ।  त्यस गाउँपालिका शेरबहादुर खड्का अधिकृत स्तरका  स्थाई कर्मचारी हुन ।

 उनी वडा सचिवका रुपमा कार्यभार सम्हाल्दै आएका छन् । अधिकृत स्तरका कर्मचारीहरु हुँदाहुँदै करारका कनिष्ट कर्मचारीहरुलाई विभिन्न विभागको जिम्मेवारी दिए पछि कर्मचारीहरु आन्दोलित हुने अवस्थामा पुगेको त्यहाँका जनप्रतिनिधीहरु बताउँ छन् ।

केही सामाजिक सञ्जालमा प्रतिपक्षहरुले ‘ईस्माका जनप्रतिनिधीहरुले  मनपरी गर्न नपाए पछि २०  मै दिन  प्रमुख प्रशासकिय अधिकृतको सरुवा’ भन्ने  हल्ला चलाएको प्रति त्यस गाउँपालिकाले आपत्ती जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप