नतिजा प्रकाशन र भर्ना स्थगित गर्ने निर्णय
कास्कीका संस्थागत विद्यालयहरूले कोरोना भाइरसले विश्वव्यापी पारेको प्रभावलाई दृष्टिगत गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि नतिजा प्रकाशन र भर्ना स्थगित गर्ने निर्णय गरेका छन् ।
जिल्लामा क्रियाशील संस्थागत विद्यालयसँग आबद्ध युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ, नेशनल प्याब्सनका अध्यक्ष हेमन्त अधिकारी र प्याब्सनका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीले आज संयुक्त विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षाको परीक्षाफल तयार पारिराख्ने तर नतिजा प्रकाशन र विद्यार्थी भर्नाको कार्यक्रम स्थगित गर्ने जनाएका हुन् ।
वर्तमान परिस्थितिले राष्ट्रिय एवम् अन्तरराष्ट्रिय क्षेत्रमा पारेको र पार्न सक्ने सङ्कटप्रति सङ्गठनको दायित्वलाई आत्मसात् गर्दै आ–आफ्नोे क्षेत्रमा स्थानीय परिवेशअनुरुप सामाजिक उत्तरदायित्व बहन गर्ने विज्ञप्तिमा जनाइएको छ ।
कोरोना भाइरसको प्रकोपका कारण विश्वभरि र नेपालमा पनि देखिएको विषम परिस्थितिमा राष्ट्रिय एवम् अन्तरराष्ट्रिय सङ्घसंस्थाले देखाएको सजगता र सावधानी साथै नेपाल सरकारले गरेको निर्देशनसमेतलाई ध्यानमा राख्दै अर्को सूचना नआउँदासम्मका लागि उक्त निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ ।
सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र आम समुदायमा कोरोना भाइरसको प्रभावबाट सुरक्षित रहन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माग पूरा नभएसम्म हडताल गर्ने पीटीआईको घोषणा
-
दलतन्त्रको अन्त्यका लागि आन्दोलनलाई सशक्त बनाउने आजपाको निर्णय
-
संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन गर्न भुषालको संयोजकत्वमा उपसमिति गठन
-
नियमन आयोगको प्राधिकरणलाई निर्देशन– बक्यौता उठाउनू, अरू निर्णय यथास्थितिमा राख्नू
-
सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
एकीकृत समाजवादीका ३४४ नेता पाँच महिनादेखि बेरोजगार !