मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रण अभियानः चीनद्वारा नेपाल लगायत २२ देशसँग भिडियो कन्फ्रेन्स

शुक्रबार, ०७ चैत २०७६, १९ : ५०
शुक्रबार, ०७ चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को जोखिम न्यूनिकरण र अनुभव आदान प्रदानका लागि चीनले नेपाल लगायतका विभिन्न देशहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ । भिडियो कन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान भुटान लगायत विभिन्न २२ देशहरुको सहभागिता रहेको थियो ।

कन्फ्रेन्सबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले चालेको कदम र पाएको सफलताका विषयमा अन्य मुलुकहरुलाई जानकारी दिइएको थियो । भिडियो कन्फ्रेन्समा सहभागी देशहरुले कोरोनाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरलाई कसरी सामना गर्ने भन्ने विषयमा चीनसँग जानकारी लिएका थिए ।

कोरोनाको उद्गमस्थल चीनसँगे उसले पाएको कोरोनाविरुद्धको सफलता र कोरोना नियन्त्रणका लागि अरु देशलाई गर्न सक्ने सहयोग विषयमा समेत छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप