शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चैत ९ देखि २१ गतेसम्म यी सेवा हुने छैनन् बन्द, के–के हुन् अत्यावश्यक सेवा ?

शुक्रबार, ०७ चैत २०७६, १९ : २३
शुक्रबार, ०७ चैत २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि चैत २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको जानकारी दिए । 

देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको प्रधानमन्त्रीको भनाइ छ । 

गृह मन्त्रालयले अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी विभिन्न १९ सेवालाई अत्यावश्यक सेवामा राखी हड्ताल गर्न नपाउने सूचना गत असोज २७ गते राजपत्रमा प्रकाशित गरेको थियो । 
जसअनुसार हुलाक, डाँक, अस्पताल, हातहतियार र आन्तरिक सुरक्षा, खानेपानी, फोहोर मैला संकलन, दाल चामल–नुन तेलजस्ता दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी तथा पैठारी, पेट्रोलियम भण्डारण, विद्युत, औषधि निर्माण तथा वितरणलगायतका सेवा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप