शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राहत प्याकेजबारे प्रधानमन्त्री: अर्थ मन्त्रालयले सुक्ष्म अध्ययन गरिरहेको छ

शुक्रबार, ०७ चैत २०७६, १८ : ५०
शुक्रबार, ०७ चैत २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निजी क्षेत्रका लागि छिट्टै राहतको प्याकेज ल्याउने घोषणा गरेका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्याकेज ल्याउने घोषणा गरेका हुन् । 

प्रधानमन्त्री ओलीले त्यसका लागि अर्थ मन्त्रालयले अध्ययन गरिरहेको समेत बताए । ‘विश्वव्यापी यस महामारीले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सुक्ष्म अध्ययन गरिरहेको छ । अर्थ व्यवस्थामा परेको र पर्नसक्ने असरको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रम ल्याउनेछ,’ प्रधानमन्त्री ओलीले भने – ‘उद्यमी तथा श्रमजीवीहरुकप्रति यस महामारीले पर्नसक्ने प्रभावप्रति सरकार संवेदनशील छ । त्यसलाई सम्बोधन गर्ने नै छ ।’

कोरोनाको विश्वव्यापी महामारीसँगै अहिले पर्यटन क्षेत्रका सबैजसो उद्योगहरु बन्द भइसकेका छन् भने निर्माण र अन्य उत्पादनमूलक क्षेत्रहरु समेत बन्द हुँदै गएका छन् । उनीहरुले सरकारसँग राहतको प्याकेज ल्याउन माग गरिरहेका छन् । सो सम्बन्धमा कुनै घोषणा नगरे पनि छिट्टै त्यस्तो राहत प्याकेज ल्याउने प्रधानमन्त्री ओलीले आश्वासन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप