सकेसम्म घरबाटै काम गरौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हालसम्म कोरोनाभाइरसको महामारीको प्रभाव नदेखिएपनि जोखिमबाट ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।
शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनभाइरसको संक्रमणको जोखिमका बीच नेपाली जनताले आफ्नो व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी रहेको बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘यसले केही असजता ल्याउन सक्छ । तर, सम्भावित जोखिमलाई परास्त गर्नुको विकल्प छैन ।’
अत्यावश्यक काम बाहेक सकेसम्म घरमै बस्न पनि प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा आग्रह गरे । उनले सरकारी र निजी क्षेत्रलाई अत्यावश्यक कामबाहेक विद्युतीय माध्यमबाट गर्न मिल्ने काम घरबाटै काम गर्न पनि आग्रह गरे । संक्रमति मुलुकबाट आएकाहरु क्वारेन्टाइनमा बस्न पनि प्रधानमन्त्रीको आग्रह थियो ।
प्रधानमन्त्री ओलीले जनतालाई सरसफाइमा ध्यान दिन, हात धुन र सेनिटाइजर प्रयोग गर्न आग्रह पनि आग्रह गरेका छन् ।
हल्ला र अफवाहको पछाडि नलाग्न भन्दे प्रम ओलीले धैर्यवान बन्न र आतंकित नहुन पनि अपिल गरे । ‘सबैले जिम्मेवार नागरिकको भूमिका निभाउन प्रम ओलीको आग्रह थियो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण