बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित गायिका कनिका कपुरमाथि खनिए अशोक

शुक्रबार, ०७ चैत २०७६, १६ : १९
शुक्रबार, ०७ चैत २०७६

एजेन्सी । यतिबेला भारतीय फिल्म तथा टेलिभिजन निर्देशक एशोसियनका अध्यक्ष अशोक पण्डित गायिका कनिका कपूरमाथि खनिएका छन् । कनिका गैरजिम्मेवार हुँदा धेरै मानिस कोरोनाको खतरामा रहेको भन्दै उनी आक्रोशित भएका हुन् ।

कनिकाले शुक्रबार आफू कोरोना संक्रमित रहेको बताएकी थिइन् । अशोकका अनुसार यस अवधिमा कनिकाले विमानस्थलका कर्मचारीसँग आफ्नो ‘ट्राभल हिस्ट्री’ लुकाउनेदेखि सयौं मानिस भेला भएको पार्टीमा सहभागी हुनेसम्मका हर्कत गरेकी छिन् ।

‘कोरोना संक्रमण लुकाउन तिमीलाई लाज लाग्नुपर्ने हो कनिका कपूर । तिमी लण्डनबाट फर्किएपछि पाँचतारे होटलमा भएको पार्टी जोइन ग¥यौं र यसक्रममा झन्डै १ सय मानिससँग सम्पर्कमा आयौं । अब तिमीमा संक्रमण देखियो, यसको अर्थ तिमीले अरुको जीवन पनि खतरामा पारिदिएकी छौ,’ अशोकले ट्वीटरमा लेखेका छन् ।

यसअघि कनिकाले इन्स्टाग्राममा पोस्ट गर्दै आफू कोरोना संक्रमित रहेको बताएकी थिइन् ।

‘हेल्लो एभ्रिवान । पछिल्ला चार दिनमा मलाई फ्लुको लक्षण देखियो र मैले आफै जँचाएपछि कोभिड–१९ भएको पुष्टि भयो । म र मेरो परिवार अहिले पूर्ण क्वारेन्टाइनमा छौं र चिकित्सकको सल्लाह मानिरहेका छौं । मैले मसँग टच गरेका व्यक्तिहरुलाई सम्पर्क गर्ने कोसिस गरिरहेको छु । १० दिनअघि एयरपोर्टमा स्क्यान गर्दा मेरो अवस्था सामान्य थियो र केवल ४ दिनदेखि यो लक्षण देखिएको हो,’ उनले लेखेकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Hello everyone, For the past 4 days I have had signs of flu, I got myself tested and it came positive for Covid-19. My family and I are in complete quarantine now and following medical advice on how to move forward. Contact mapping of people I have been in touch with is underway aswell. I was scanned at the airport as per normal procedure 10days ago when I came back home, the symptoms have developed only 4 days ago. At this stage I would like to urge you all to practice self isolation and get tested if you have the signs. I am feeling ok, like a normal flu and a mild fever, however we need to be sensible citizens at this time and think of all around us. We can get through this without panic only if we listen to the experts and our local, state and central government directives. Wishing everyone good health. Jai Hind ! Take care, KK

A post shared by Kanika Kapoor (@kanik4kapoor) on

‘अहिलेको अवस्था म तपाईहरु सबैलाई सेल्फ–आइशोलेसनमा बस्न भन्छु र तपाईका कुनै लक्षण देखिएमा परीक्षण गराउन सुझाव दिन्छु । म ठिक छु, सामान्य फ्लुजस्तै अनुभव भइरहेको छ, हल्का ज्वरो आइरहेको छ । यद्यपी, हामीले संवेदनशिल नागरिकहरु र  हामी वरपरका सबैको ख्याल गर्नुपर्छ । स्वास्थविद् तथा हाम्रा स्थानीय, राज्य र केन्द्रीय सरकारको निर्देशिका सुन्ने र पालना गर्ने हो भने हामीले महामारीबाट पीडा बिना नै मुक्ती पाउन सक्छौं,’ बेबी डोलकी गायिकाले लेखेकी छिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप