‘मिस नेपाल’को अडिसन स्थगित
शुक्रबार, ०७ चैत २०७६, १५ : २६

काठमाडौं । कोरोना भाइरसको त्रासका कारण बहुचर्चित सुन्दरी प्रतियोगिता ‘मिस नेपाल २०२०’ को अडिसन पनि स्थगित भएको छ । नेपालका मुख्य शहरमा अडिशन सकिएपनि काठमाडौं अडिशन अहिलेलाई स्थगित भएको आयोजक ‘द हिडन ट्रेजर’का निर्देशक सुवर्ण क्षेत्रीले बताए । उनले भने, ‘पोखरा, चितवन, वीरगञ्ज, धरान, विर्तामोड, बुटवल, नेपालगञ्ज र धनगढी अडिसन भइसकेको छ । काठमाडौंको अडिशन बाँकी छ । त्यो बैशाख १८ पछि हुनेछ ।’
मिस नेपालमा १८ देखि २६ वर्षसम्मका कम्तिमा ५.४ इन्च उचाइ भएका नेपाली युवतीहरुले भाग लिन सक्नेछन् । सरकारले २५ जनाभन्दा बढी भेला नहुन र सभा सम्मेलन नगर्न आग्रह गरेपछि मिस नेपालका कार्यक्रम समेत स्थगिच भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान [तस्बिरहरु]