शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण धमाधम बन्द हुँदै तारे होटल , आइतबार संघले अन्तिम निर्णय गर्ने

शुक्रबार, ०७ चैत २०७६, १५ : १६
शुक्रबार, ०७ चैत २०७६

काठमाडौं । कोभिड–१९ अर्थात् कोरोनाका कारण धरासाही भएको पर्यटन क्षेत्रको होटलहरु धमाधम बन्द हुन थालेका छन् । अकुपेन्सीको अभावमा व्यवसाय नभएपनि खर्च धान्ने स्थिति समेत नरहेपछि होटलहरु बन्द हुन थालेका हुन् । काठमाडौंमा मात्र ठूला तीन ५ तारे होटलहरुले बन्द गर्ने घोषणा गरिसकेका छन् । 

बौद्धस्थित होटल हायात, ताहचलस्थित होटल सोल्टी र दरबारमार्गस्थित होटल याक एण्ड यतिले आफ्नो सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् । होटल याक एण्ड यतिले शनिबारदेखि आफ्नो सेवा बन्द गर्ने जनाएको छ । बिहिबार बसको सञ्चालक समितिको बैठकले कोरोनाको संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै होटलको सम्पूर्ण सेवा केहि दिनका लागि बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ । 

यसअघि नै होटल हायात ६ हप्ताका लागि आफ्नो सेवा बन्द गर्ने बताइसकेको छ । अन्य होटलहरुले समेत क्रमिक रुपमा आफ्नो सेवा बन्द गर्ने जनाइसकेका छन् । यस्तो अवस्थामा आधिकारीक रुपमा होटल एसोसिएसन नेपाल(हान) ले आफ्नो धारणा सार्वजनिक नगरिसकेको अवस्थामा आइतबार संयुक्त बैठक बसेर निष्कर्षमा पुग्ने संघका अध्यक्ष सृजना राणाले बताइन् । 

अहिले सम्म कुन के कति होटलहरु बन्द भए त्यसको जानकारी संघमा आएको छैन । समस्या भएका होटलहरु बन्द भएका होलान् । हामीले त्यस्तो समस्या ग्रस्त(खर्च धान्ने अवस्था समेत नरहेका) होटलहरुलाई स्वःनिर्णय गर्न भनेका छौं ।’ अध्यक्ष राणाले भनिन्, ‘संघको आधिकारी धारणा भने आइतबार बस्ने संघको बैठकले निर्णय गर्ने छ ।’

अध्यक्ष राणाका अनुसार अहिले होटलहरुबाट ७० प्रतिशत कामदारहरुलाई विदामा पठाइसकेको छ । बाँकी ३० प्रतिशतलाई पनि छिट्टै विवादमा पठाइने र होटलहरु बन्द गर्ने निचोड तर्फ होटलहरु पुगेको उनको भनाई छ । 

यदि सरकारले निर्देशन गरेमा तत्काल होटल सेवा बन्द गर्न आफुहरु तयार रहेको राणाले बताइन् । कर्मचारीहरुको तलबको विषयमा भने सरकारले निर्णय गर्नुपर्ने उनको भनाई छ । अहिले होटल व्यवसायीहरु तलवको १२ दशमलव ५० प्रतिशत तलव व्यहोर्न तयार भएको र बाँकी के कति प्रतिशत सरकारले व्यहोर्न सक्ने हो त्यसको प्रवन्ध सरकारले गर्नुपर्ने उनको भनाई छ । 

कर्मचारीको तलवको हकमा होटल बन्द भएपनि हामी व्यवसायीहरु १२.५० प्रतिशत भोग्न तयार छौं । बाँकी १२.५० गरेर सरकारले २५ प्रतिशत पु¥याउने हो कि वा ८७.५० नै सरकारले व्यहोरेर १०० प्रतिशत पु¥याउने हो त्यो सरकारको निर्णय हो ।’ अध्यक्ष राणाले भनिन् ।

यता बिहिबार मात्र एक सुचना जारी गर्दै सोलुखुम्बुको नाम्चेमा सञ्चालित सम्पूर्ण होटल तथा लजहरु बन्द गर्ने निर्णय भइसकेको छ । नाम्चे होटल एण्ड लज एसोसिएसनले बिहिबार एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि नाम्चेमा सञ्चालित सम्पूर्ण होटल तथा लजहरु अनिश्चितकालका लागि बन्द गर्ने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप