वृद्धाश्रममा मास्क र स्यानिटाइजर वितरण
काठमाडौं– विविध सामाजिक कार्यमा सक्रिय रहँदै आएको भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोक्ने उद्देश्यले राजधानीमा वृद्धाश्रमहरुमा मास्क तथा हात धुने सामग्रीको वितरण सुरु गरेको छ ।
फाउण्डेशनले शुक्रबारबाट त्यस्तो अभियान सुरु गरेको हो । फाउण्डेशनकी कार्यसमिति सदस्य लीमा अधिकारीले शान्तिनगरस्थित निःसहाय सेवा सदन ज्येष्ठ नागरिक आवास गृह र बुढानीलकण्ठ गोल्फुटारमा रहेको दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलका ५० जना वृद्धवृद्धालाई मास्क, स्यानिटाइजर तथा साबुन वितरण गर्नुका साथै हात धुने वैज्ञानिक तरिकाबारे जानकारी दिएको बताइन् ।
चीनको वुहान सहरबाट सुरु भएर विश्वभर फैलँदै गरेको उक्त रोगबाट वृद्धवृद्धा बढी प्रभावित भएको र मृत्यु हुनेमा पनि वृद्धवृद्धा नै बढी रहेको तथ्याङ्क सार्वजनिक भइरहेकाले आफूहरुको ध्यान वृद्धाश्रममा गएको अधिकारीले उल्लेख गरिन् ।
आफ्नो स्वयंसेवक टोलीमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट मान्यताप्रप्त विशेषज्ञ स्वास्थ्यकर्मी पवित्रा सापकोटासमेत संलग्न रहेको फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका अनुसार कोरोना संक्रमणको त्रास रहुञ्जेल सचेतनामुलक गतिविधि जारी राखिने छ । फाउण्डेशनले उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सबै वृद्धाश्रममा सामग्री वितरण गर्ने योजना बनाएको छ ।
‘हामी सामग्रीसहित वृद्धाश्रम पुग्दा वृद्धवृद्धाहरु धेरै खुसी हुनुभयो’, अधिकारीले भनिन्, ‘अहिलेसम्म राज्य वा अरु निकायबाट कोही पनि नगएको गुनासो उहाँहरुले गर्नुभयो ।’ दिवंगत पूर्वअर्थमन्त्री एवं कम्युनिष्ट नेता भरतमोहन अधिकारीको नाममा स्थापित फाउण्डेशन सामाजिक कार्यमा सक्रिय छ । अर्थमन्त्री भएका बेला सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेका कारण अधिकारी वृद्धवृद्धामाझ लोकप्रिय थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु