शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डब्लुएचओलाई फिफाको आर्थिक सहयोग

शुक्रबार, ०७ चैत २०७६, ०९ : ३०
शुक्रबार, ०७ चैत २०७६

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसविरुद्ध लड्न विश्व फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आर्थिक सहयोगको घोषणा गरेको छ । 

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बिहिबार डब्लुएचओलाई १० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेका हुन् । 

अध्यक्ष इन्फान्टिनोले कोरोनाबाट प्रभावित फुटबल समुदायका सदस्यहरुको सहयोगका लागि छुट्टै विश्वव्यापी फुटबल सहयोग कोष स्थापना गर्ने पनि बताएका छन् । 

कोरोनाका कारण अहिले फिफा अन्तर्गतका सबै खाले फुटबल गतिविधि बन्द भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप