कोरोनाप्रति सावधानी अपनाउँदै नोबेलले सुरु गर्यो ‘फेस डिटेक्टर’ हाजिरी
बिराटनगर । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणप्रति सावधानी अपनाउँदै नोबेल शिक्षण अस्पतालमा कर्मचारीको हाजिरी गर्ने तरिका परिवर्तन गरिएको छ । नोबेलले बायोमेट्रिक हाजिरी बन्द गरेर ‘फेस डिटेक्टर’ हाजिरी सुरु गरेको हो ।
करिव १ हजार ७ सय कर्मचारी कार्यरत नोबेलमा यसअघि बायोमेट्रिक हाजिरी प्रयोग गरिदै आएको थियो ।
बायोमेट्रिक हाजिरीमा हरेक कर्मचारीले औठा छाप लगाउँनुपर्ने हुनाले संक्रमण फैलनसक्ने अवस्थालाई मध्यनजर गर्दै नछोई गर्न मिल्ने ‘फेस डिटेक्टर’ हाजिरी प्रयोगमा ल्याईएको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिइन् ।
‘फेस डिटेक्टर’ मा हाजिरी मेसिन नछोई अनुहार देखाएको भरमा हाजिरी हुन्छ । ‘फेस डिटेक्टर’ हाजिरी प्रयोगमा ल्याईएपछि हाजिरी मार्फत हुने संक्रमणको जोखिम टरेको भन्दै कर्मचारीहरु पनि खुशी भएका छन् ।
‘फेस डिटेक्टर’ हाजिरी गर्दा प्रत्यक्ष छुनु नपर्ने हुनाले हाजिरीकै माध्यमबाट भाइरस संक्रमणको जोखिम नहुने चिकित्सकहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा
-
दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा