सेलपे सेवाले ‘२०२०–एस२० अफर’ योजना सुरु

काठमाडौं– नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले नयाँ योजना ‘२०२०–एस२० अफर’ आफ्नो ग्राहकहरुका लागि सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यसाली विजेताले एउटा नयाँ सामसङ ग्यालेक्सी एस२० जित्ने मौका पाउनेछन । यो योजना चैत्र ७ गते देखि चैत्र २७ गते सम्म लागु हुनेछ ।
यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम रु. २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पी२पी फण्ड ट्रान्सफर (मर्चेन्ट भुक्तानी बाहेक) गरे, लक्की ड्र को लागि एउटा कोड नं. पाउनेछन्, सो कोड नं. लक्की ड्र को लागि छनोट हुनेछ । सोही कोडहरुबाट लक्की ड्र मार्फत कुनै एक भाग्यसाली ग्राहकले एउटा नयाँ क्बmकगलन न्बबिहथ क्द्दण् जित्ने मौका पाउनेछन । यस्का कसाथै ७ जना भाग्यसाली ग्राहकहरुले हरेक हप्ता सामसङ ग्यालेक्सी एस२० र एक्स–एजबाट विभिन्न उपहारहरु पाउनेछन् ।
यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागु हुनेछ जस्मा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरे पस्चात न्युनतम रु. २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पी२पी फण्ड ट्रान्सफर (मर्चेन्ट भुक्तानी बाहेक)को कारोवार गरी यस योजनामा सहभागी हुन पाउनेछन ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरुमा बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सुरक्षित, मर्चेन्ट् शुल्क नलाग्ने, लोयल्टी पोइन्टस रहेका छन् ।
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी२पी, पी२बी, बी२पी र बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय समिति बैठक जारी
-
प्रीति जिन्टाको १८ करोड ऋण कसले गर्यो माफ ? के भन्छिन् अभिनेत्री ?
-
उपचार खर्च बढी लाग्ने टिटानसबाट जोगिने उपाय
-
शीर्ष सैन्य अधिकारीपछि सेनाका शीर्ष वकिलहरू पनि बर्खास्तीमा
-
मिस ग्लोबलमा भाग लिन कम्बोडिया पुगिन् विधि
-
विगतमा गरेको सङ्घर्ष र त्याग नबिर्सौँ : उपप्रधानमन्त्री सिंह