गुल्मीमा जिप दुर्घटना, चालकको मृत्यु
बिहीबार, ०६ चैत २०७६, १८ : ५९
बुटवल । गुल्मीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना यात्रु गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार तुराङ्ग पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको जिप चन्द्रकोट गाउँपालिका ८ को तुराङ्ग मजुवामा पल्टिदा चालक गुल्मीको धुर्कोट गाउँपालिका ६ का २४ वर्षीय मनिस जिसीको मृत्यु भएको हो ।
दुर्घटनामा जिपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीद्वार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय शिषिर गौतम गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते दुवै जनालाई स्थानीय मेडिकलमा समान्य उपचारपछि पाल्पा पठाइएको छ ।भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर