बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘चपली हाइट ३’मा बोल्ड सुपुष्पा

बिहीबार, ०६ चैत २०७६, १७ : ३३
बिहीबार, ०६ चैत २०७६

काठमाडौं । अभिनेत्री सुपुष्पा भट्टको बोल्ड तथा कामूक तस्विरहरु सार्वजनिक भएका छन् । फिल्म ‘चपली हाइट ३’को प्रचारका लागि निर्माण युनिटले उक्त तस्विर बाहिर ल्याएको हो । 

फिल्मको हाइप बढाउन बाहिर ल्याइएको तस्बिरमा अभिनेत्री सुपुष्पाले स्विमिङ पुलमा पोज दिएकी छन् ।

सुपुष्पा फिल्म ‘रणवीर’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘६ मायाँ छपक्कै’मा पनि काम गरेकी थिइन् । ‘चपली हाईट ३’ उनको तेस्रो फिल्म हो । यो फिल्मका लागि उनले केही बोल्ड दृश्य समेत दिएको बुझिएको छ ।

२८ चैतबाट सार्वजनिक प्रदर्शनमा आउने बताइएको फिल्मको रिलिज अहिलेलाई स्थगित भएको छ । सरकारले आगामी बैशाख १८ सम्म चलचित्र घर बन्द गर्ने निर्णय गरेको कारण फिल्मको रिलिज स्थगित गरिएको निर्माता अर्जुन कुमारले जानकारी दिए ।

फिल्ममा सुपुष्पाको अलवा स्वस्तिमा खड्का, आमिर गौतम, महेश त्रिपाठी लगायतको अभिनय रहेको छ । फिल्म निकेश खड्काले निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप