‘प्रेमगीत ३’ रिलिज स्थगित

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको क्रासका कारण सरकारले बैशाख १८ गतेसम्म सम्पुर्ण फिल्म हल बन्द गर्न दिएको निर्देशनको कारण फिल्म ‘प्रेम गीत २’को रिलिज पनि प्रभावित भएको छ ।
नयाँ वर्ष २०७७ को छेको पारेर २८ चैतमा आउने तयारीमा रहेको यो फिल्मको रिलिज पनि स्थगित गरिएको छ । निर्माता सन्तोस सेनले फिल्मको रिलिज स्थगित भएको जानकारी दिए ।
‘पोष्ट प्रोडक्सन कसरी सकाउने भन्ने हतारो थियो’ निर्माता सेनले भने ‘अव फुर्सदले काम गर्न पाइने भयो ।’ फिल्मको केही सुटिङ पनि बाँकी रहेको बताएका सेनले यो फुर्सदमा सुटिङ पनि सकाउने सुनाए ।
दुई गीत र टिजर सार्वजनिक गरेर आक्रमक प्रचार प्रसारको तयारीमा रहेको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ ।
‘प्रेमगीत ३’ ऐतिहासिक प्रेमकथामा बनेको फिल्म हो । फिल्मबाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग