केन्द्रीय संस्करण

‘प्रेमगीत ३’ रिलिज स्थगित

person explore access_timeचैत ६, २०७६ chat_bubble_outline0

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको क्रासका कारण सरकारले बैशाख १८ गतेसम्म सम्पुर्ण फिल्म हल बन्द गर्न दिएको निर्देशनको कारण फिल्म ‘प्रेम गीत २’को रिलिज पनि प्रभावित भएको छ ।

नयाँ वर्ष २०७७ को छेको पारेर २८ चैतमा आउने तयारीमा रहेको यो फिल्मको रिलिज पनि स्थगित गरिएको छ । निर्माता सन्तोस सेनले फिल्मको रिलिज स्थगित भएको जानकारी दिए ।

‘पोष्ट प्रोडक्सन कसरी सकाउने भन्ने हतारो थियो’ निर्माता सेनले भने ‘अव फुर्सदले काम गर्न पाइने भयो ।’ फिल्मको केही सुटिङ पनि बाँकी रहेको बताएका सेनले यो फुर्सदमा  सुटिङ पनि सकाउने सुनाए ।

दुई गीत र टिजर सार्वजनिक गरेर आक्रमक प्रचार प्रसारको तयारीमा रहेको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ ।

‘प्रेमगीत ३’ ऐतिहासिक प्रेमकथामा बनेको फिल्म हो । फिल्मबाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...