उद्योग वाणिज्य महासंघको निर्वाचन सर्यो
बिहीबार, ०६ चैत २०७६, १६ : २०
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई) को चुनाव जेठमा सरेको छ । संघको ५४औं साधारणसभा र नयाँ कार्यसमितको चुनाव यही चैत २९ गते हुने भनिएकोमा कोरोनाका कारण जेठ ८ गतेलाई सरेको हो ।
कोरोना प्रभावलाई मध्यनजर गर्दौ संघले तोकिएको समयलाई एक महिना पर सारेको संघका उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए । बिहिबार बसेको संघको केन्द्रीय कमिटीको बैठकले साधारणसभा र चुनावको समय सार्ने निर्णय गरेको हो । सोही बैठक मार्फत् कोरोनाको रोकथाम तथा सचेतना कार्यक्रममा निजी क्षेत्रको हैसियतले सरकारलाई सहयोग गर्ने निर्णय समेत गरेको प्रधानले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते