शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघको निर्वाचन सर्‍यो

बिहीबार, ०६ चैत २०७६, १६ : २०
बिहीबार, ०६ चैत २०७६

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई) को चुनाव जेठमा सरेको छ । संघको ५४औं साधारणसभा र नयाँ कार्यसमितको चुनाव यही चैत २९ गते हुने भनिएकोमा कोरोनाका कारण जेठ ८ गतेलाई सरेको हो । 

कोरोना प्रभावलाई मध्यनजर गर्दौ संघले तोकिएको समयलाई एक महिना पर सारेको संघका उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए ।  बिहिबार बसेको संघको केन्द्रीय कमिटीको बैठकले साधारणसभा र चुनावको समय सार्ने निर्णय गरेको हो । सोही बैठक मार्फत् कोरोनाको रोकथाम तथा सचेतना कार्यक्रममा निजी क्षेत्रको हैसियतले सरकारलाई सहयोग गर्ने निर्णय समेत गरेको प्रधानले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप