मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बिजुली चोरेर रानीपोखरी पुनर्निर्माण गरिँदै, झन्डै ३ लाख रुपैयाँ असुली गर्ने निर्णय

बिहीबार, ०६ चैत २०७६, १५ : ४३
बिहीबार, ०६ चैत २०७६

ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणका लागि बिजुली चोरेर काम भइरहेको फेला परेको छ । नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले रानीपोखरीको छेउबाट गएको वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरी पुनर्निर्माणमा बिजुली प्रयोग भइरहेको फेला पारेको हो । 

टोलीले विद्युत् चोरी गरी प्रयोगमा ल्याएका पानी तान्ने मोटर, वत्तिलगायतका उपकरण नियन्त्रणमा लिएको छ । रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिबाट भइरहेको छ ।  

केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठका अनुसार, फिल्ड रिपोर्ट र एक वर्षको खपत विवरणलाई आधार मानी दुई लाख ९५ हजार आठ सय ९२ रुपैयाँ उपभोक्ता समितिबाट असुल गर्ने निर्णय भएको जानकारी दिए । 

उनले डाइरेक्ट हुकिङबाट एक लाख ४७ हजार आठ सय २३ रुपैयाँको विद्युत् चोरी भएको, त्यसमा शतप्रतिशत जरिवाना, लाइन काटेको र मूल्य अभिवृद्धिकरसहित  दुई लाख ९५ हजार आठ सय ९२ रुपैयाँ निर्धारण गरिएको जानकारी दिए । 

उनले भने, ‘उपभोक्ता समितिले बुधबार निर्धारण गरिएको रकम बुझाइसकेको छ, अब मिटर राखी विद्युत् जडान गर्ने तयारी भइरहेको छ ।’ 
रानीपोखरी पुर्ननिर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएर गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप