ब्रोकर कार्यालयमा एकपटकमा ५ जनाभन्दा बढी जान नपाउने

काठमाडौं । अबदेखि ब्रोकर कम्पनीमा ५ जना भन्दा बढी जान नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले सरोकारवालाहरुको छलफल पछि यस्तो निर्णय गरेको हो । बिहिबार (आज) बोर्डमा धितोपत्र बजार सम्बद्ध विभिन्न पाँच लगानीकर्ता संघले पेश गरेको ज्ञापन पत्र तथा उक्त पाँच लगानीकर्ता संघहरुका प्रतिनिधिहरु, स्टक एक्सचेञ्जका उच्च पदाधिकारी, स्टक ब्रोकर एशोसिएसनका पदाधिकारी र बोर्डका पदाधिकारी वीच कोरोना भाइरसका कारण फैलिएको त्रास र यसबाट विभिन्न आर्थिक गतिविधिहरुमा परेको प्रभाव तथा असर सम्बन्धमा छलफल भएको थियो ।
धितोपत्र दलाल व्यवसायीहरुले स्क्रिन एक्जिबिसन रुम पनि बन्द गर्नुपर्नेछ । यस्तै कार्यालयमा कर्मचारी तथा लगानीकर्ता प्रवेश गर्दा हात सफा गर्ने, स्यानिटाइजर तथा मास्कको प्रयोग र तापक्रम मापन गर्ने व्यवस्था मिलाउन बोर्डले भनेको छ । कोरोना भाइरस तथा यसबाट बच्ने उपाय सम्बन्धी सूचनामूलक जानकारी प्रवेशद्वारमा राख्ने व्यवस्था मिलाउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु
-
रवि/बालेनहरुको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजिँदैछ : घनश्याम भुसाल
-
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री
-
अब सरकारी कोषबाटै पार्टीलाई रकम, उम्मेदवारलाई चुनावमा चन्दा वर्जित !
-
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक
-
दुर्गा प्रसाईंले भने– म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो (भिडियो)