लोक सेवा आयोगद्वारा परीक्षा स्थगित
बिहीबार, ०६ चैत २०७६, १५ : ३५
विश्वभरभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को सन्त्रासको कारण स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै लोक सेवा आयोगले चैत्र ८ गते अर्थात शनिबारदेखि चैत मसान्तसम्म सञ्चालन हुने सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको आयोगको बैठकले चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका सञ्चालन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको उपसचिव एकनारायण शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिहीबार नै त्रिभुवन विश्वविद्यालयले चैत ७ गते देखिकासबै परीक्षाहरु स्थगित गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू