मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा

बिहीबार, ०६ चैत २०७६, १४ : ३५
बिहीबार, ०६ चैत २०७६

सिन्धुली– बागमती प्रदेश सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा न. ६ स्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको २९औं एक्सटेन्सन काउण्टर तथा राजश्व सङ्कलन केन्द संचालनमा आएको छ ।

एक्सटेन्सन काउण्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरे । शाखा कार्यालय सिन्धुलीमार्फत रहने सो एक्सटेन्सन काउण्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ । 

सो अवसरमा शाखा कार्यालय सिन्धुलीका शाखा प्रवन्धक खिलराज भट्टराई, सहायक शाखा प्रबन्धक बिनोद ओझा, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका कर्मचारीहरुको लगायतको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप