अदालतको अनुमतिबिनै पनि फोन ट्यापिङ गर्न मिल्ने
काठमाडौं ।विधायन व्यवस्थापन समितिले विशेष अवस्थामा अदालतको अनुमतिबिनै पनि फोन ट्यापिङ गर्न मिल्ने प्रावधान सहित विशेष सेवा गठन सम्बन्धी विधेयक अन्तिम टुंगो लगाएको छ ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता लगायत विशेष विषयमा फोन ट्यापिङ गर्न अदालतको अनुमति नचाहिने व्यवस्था गर्दै विधेयकलाई अन्तिम टुंगो लगाएको हो ।
नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा अदालतको अनुमतिबिना फोन ट्यापिङ गर्न मिल्ने प्रावधान राखिएको हो ।
सो प्रावधानमा लामो समयदेखि विवाद हुँदै आएको थियो । देशको सार्वभौमिकता, भौगोलिक अखण्डता र अन्य विशेष कुराहरुका लागि मात्रै फोन ट्यापिङ गर्न सकिने प्रावधान राखिएको समिति सभापति परशुराम मेघी गुरुङले बताए ।
मुख्य अनुसन्धान निर्देशकलाई मात्रै फोन ट्यापिङको अधिकार दिइएको छ । अनुसन्धान निर्देशकले फोन ट्यापिङको आधार र कारण अभिलेखिकरण अनिवार्य गर्नुपर्ने र त्यसलाई अदालतमा प्रमाणका रुपमा कसैले पनि प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ । ट्यापिङ भएको फोनको दुरुपयोग भएमा त्यसलाई दण्डनीय मानिएको छ ।
उनले भने, ‘‘फोन ट्यापिङको कुरा चाहिँ खासगरी राष्ट्रको सार्वभौमिकता भौगोलिक अखण्डता, देखि लिएर खास खास कुराहरुको लागि मात्रै त्यो गर्न पाइने छ । त्यो गर्दा पनि सबैले पाउँदैन । मुख्य अनुसन्धान निर्देशकले मात्रै यो काम गर्न पाउँछ । तर त्यसका लागि पनि आधार र कारण अभिलेखिकरण गर्नुपर्छ । त्यसलाई चाहिँ कुनै अदालतमा त्यसलाई प्रमाणको रुपमा कोही कसैले प्रयोग गर्न पाउनेछैन । कही कतैपनि प्रमाणको रुपमा त्यो चिजलाई प्रयोग गर्न नपाइने र त्यसलाई दुरुपयोग गरेमा दण्डनीय हुनेछ । त्यो अवस्थामा उसले अदालतमा आधार र कारण देखाउनुपर्ने हुन्छ । त्यसैले त्यो आधार र कारण पनि के छ भने अदालतको ओभरभ्यु भित्र रहने प्रबन्ध सहित यो कुरालाई प्रबन्ध गरिएको छ ।’’
गुप्तचर निकायलाई प्रभावकारी बनाउने मुख्य उद्देश्यले ल्याइएको नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मुख्य उद्देश्य सूचना संकलन गर्ने हो ।
तर त्यसको दुरुपयोग हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पदमा रहँदा वा अवकाश पाएपछि पनि सूचना दुरुपयोग गरे कडा सजायको व्यवस्था गरिएको छ ।
‘‘राष्ट्रको स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, मुलुकको शान्ति सुरक्षासँग सम्बन्धित सुचनाहरु त्यो पदमा रहदा वा पद भन्दा बाहिर जाँदा पनि त्यसको दुरुपयोग भयो भने चाहिं त्यसलाई सजायको प्रबन्ध अलि कठोर गरिएको अवस्था हो’’, उनले भने । यस्तै कर्मचारीको उमेरहद ६० वर्ष कायम गरिएको छ । यद्यपी उक्त प्रावधान २०७८ साउन १ गतेबाट लागु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से १५.८३ अंकले बढ्यो
-
मोरङका ग्रामथान गाउँपालिका अध्यक्ष पदका यी हुन् १६ उम्मेदवार (नमुना मतपत्रसहित)
-
सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयरसहित ५ जना भ्रष्टाचारमा दोषी ठहर
-
विपन्नलाई ठण्डीबाट बचाउन पूर्वतयारी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पाकिस्तानमा प्रहरी र इमरान खानका समर्थकबिच झडप
-
सिड्नीमा सत्य–स्वरूपको सांगीतिक साँझ हुने