निर्भयाका दोषीलाई शुक्रबार दिइएला मृत्युदण्ड ? जल्लादले बताए भित्र के–के हुन्छ
यदि सबैकुरा ठिक रहे मार्च २० तारिखमा निर्भयाका चारैजना दोषीलाई मृत्युदण्ड दिइनेछ । यो काम समापन गर्न पवन जल्लाद मेरठबाट दिल्ली पुगिसकेका छन् । उनी अहिले तिहाड जेलमा छन् ।
वास्तवमा, दिल्ली हाइकोर्टले निर्भयाका दोषी मुकेशको याचिका खारेज गरेको छ । निर्भयाका दोषी मुकेशले दिल्लीको पटियाला हाउस कोर्टको आदेशलाई चुनौती दिँदै आफ्नो मृत्युदण्डको सजायमा रोक लगाउन माग राखेका छन् ।
यद्यपि, दोषीले दिल्ली हाइकोर्टका साथै पटियाला हाउस कोर्टमा पनि याचिका दायर गरेर २० मार्चका लागि तोकिएको मृत्युदण्ड रोक्न माग गरेका छन् । पटियाला हाउस कोर्टमा बिहिबार दिउँसो १२ बजे सुनुवाई हुँदैछ ।
पवन जल्लादले इन्डिया टुडेको क्राइम तकसँगको कुराकानीमा मृत्युदण्ड दिइने घरभित्र इशारामा मात्रै कुरा हुने जानकारी दिएका छन् ।
पवनले कुराकानीमा भनेका छन्, ‘मृत्युदण्डको मिति निश्चित हुनेबित्तिकै हामीलाई जेलमा बोलाइन्छ । मृत्युदण्ड दिनुअघि कैदीको खुट्टा कसरी बाँध्ने, डोरी कसरी लगाउने भनेर योजना बनाइन्छ ।’
मृत्युदण्ड दिइने प्रक्रियाबारे पवन जल्लादले भने, ‘तोकिएको समयभन्दा १५ मिनेट अघि दोषीलाई ‘फाँसी घर’ ल्याइन्छ । त्यतिबेलासम्म हामी तयार भइसकेका हुन्छौं । मृत्युदण्डको तयारीमा एकदेखि डेढ घण्टाको समय लाग्छ ।’
कैदीलाई ब्यारेकबाट फाँसी घरमा ल्याउने प्रक्रियाबारे पवनले भने, ‘‘फाँसी घर’ ल्याउनु अघि कैदीको हातमा हत्कडी लगाइएको हुन्छ, यसो नगरिए उनीहरुको हातलाई पछाडिबाट डोरीले बाँधिएको हुन्छ । दुई सिपाहीले कैदीलाई समातेर ल्याउँछन् । ब्यारेकबाट ‘फाँसी घर’ को दुरीको आधारमा निश्चित समयअघि नै उनीहरुलाई ल्याउन सुरु गरिन्छ ।’
‘फाँसी घर’ बारे कुरा गर्दै पवन भन्छन्, ‘मृत्युदण्ड दिनेबेला ४–५ जना सिपाही हुन्छन् । उनीहरु केही पनि बोल्दैनन् मात्र इशारामा काम गर्छन् । यसका लागि एक दिन अघि नै हामी सबैको जेल अधिक्षकसँग एक बैठक हुन्छ । सिपाहीबाहेक फाँसी घरमा जेल अधीक्षक, डेप्युटी जेलर र डाक्टर पनि उपस्थित हुन्छन् ।’
फाँसी दिने बेला इशारामा मात्रै किन काम गरिन्छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘कैदीलाई डिस्टर्ब नहोस् वा कसैले कुनै ड्रामा नगरोस् भनेर ईशारामा मात्रै काम गरिन्छ । ’
यसरी दिइन्छ मृत्युदण्डः
मृत्युदण्डका लागि १० देखि १५ मिनेटको समय लाग्छ । यसको पूरा प्रक्रियाबारे जानकारी दिँदै पवन भन्छन्, ‘कैदीको हात त पहिले नै बाँधिएको हुन्छ, उनीहरुको खुट्टा पनि बाँधिन्छन् । उनीहरुको टाउको पूर्ण रुपमा ढाकिन्छ र त्यसपछि डोरी राखेर कस्ने काम गरिन्छ । खुट्टा बाँध्ने र टाउको ढाक्ने काम सधैं साइडबाट गरिन्छ किनभने कैदीले मृत्युदण्ड दिने व्यक्तिलाई खुट्टाले हमला गर्लान् कि भन्ने डर हुन्छ । पासो घाँटीमा राखेपछि हामी लिभर नजिकै पुग्छौं र जेल अधिक्षकलाई औंला देखाएर आफ्नो काम पूरा भएको बताउँछौं । अब लिभर तान्ने तयारी हुन्छ ।’
बनाइन्छ गोलो घेराः
पवनका अनुसार कैदीलाई उभ्याउने स्थानमा एउटा गोलो घेरा बनाइएको हुन्छ । जेल अधिक्षकले रुमालले इशारा गरेपछि लिभर तानिन्छ । त्यसको १० देखि १५ मिनेटमा कैदीको शरीर शान्त हुन्छ । त्यसपछि डाक्टरले कैदीको शरीर परीक्षण गरेर मुटुको धड्कन छ÷छैन हेर्छन् । त्यतिबेला सम्म शरीर चिसो भइसकेको हुन्छ ।
मृत्युदण्डको प्रक्रियाः
‘त्यसपछि डाक्टरले सिपाहीलाई इशारा गरेपछि डोरीबाट कैदीको शव निकाल्छन् । शवलाई सेतो कपडाले ढाकिन्छ । त्यसपछि डोरी निकालेर हामी एकातर्फ राख्छौं र हाम्रो काम समाप्त हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न दुङ्गानाले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन