१ लाख १२ हजार नक्कली नोटसहित दुई जना पक्राउ
रामेछाप । १ लाख १२ हजार रुपैयाँ नक्कली नोटसहित रामेछाप प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका-१ चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका-२ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङ रहेका छन् ।
उनीहरुले नक्कली नोट चल्तीमा ल्याएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खाँडादेवी र प्रहरी चौकी लुभुघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले तामाङको साथबाट १ हजार दरका २२ हजार रुपैयाँ र उनीहरुले विभिन्न पिडित व्यक्तिहरुलाई दिएको १ हजार दरका ९० हजार गरी १ लाख १२ हजार नक्कली नोट बरामद भएको जनाएको छ ।
साथै उनीहरुले जलाउदिन मियाँ अन्सारी नाम गरेका व्यक्तिसँग मिलेर गोरु किनेको रकम भुक्तानी गर्दा समेत नक्कली नोट प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको छ । हाल फरार अन्सारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु