अस्ट्रेलिया र न्युजिल्याण्डमा विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध

देशमा कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि अस्ट्रेलिया र न्युजिल्याण्डले आफ्ना देशमा विदेशी नागरिकलाई देशभित्र प्रवेश गर्न प्रतिबन्धको घोषणा गरेको छ ।
न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा अर्डर्नले बिहीबार पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएकी हुन् । ‘न्युजिल्याण्डका जनतालाई कोभिड–१९ को संक्रमणबाट बचाउन हाम्रो सबैभन्दा पहिलो प्राथमिकता हो । विश्वका अन्य भागमा भाइरसको संक्रमण फैलिरहँदा हामीले हाम्रो सीमा नियन्त्रणमा सशक्त कदम लिनुपर्ने प्रष्ट भएको छ । आजको निर्णयले कुनै पनि पर्यटक वा अस्थायी भिसा लिएका विद्यार्थी वा कामदारहरुलाई न्युजिल्याण्ड प्रवेशमा रोक लगाउने छ ।’
यो नियम प्यासिफक आइल्याण्ड र अस्ट्रेलियाका नागरिकहरुमा पनि लागु हुने बताइएको छ । अस्ट्रेलियाका नागरिकहरु बिना भिसा दुई देशमा आवतजावत गर्न पाउँछन् ।
न्युजिल्याण्डमा हिजो ८ जना नयाँ संक्रमित फेला परेका थिए । योसँगै देशमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या २८ पुगेको छ । फेला परेका नयाँ संक्रमित सबै बाहिरबाट आएकाहरु भएको जानकारी दिइएको छ ।
उता, अस्ट्रेलियाले पनि भोलिदेखि विदेशी र गैरअवासीयहरुलाई आफ्नो देशभित्र प्रवेशमा रोक लगाउने निर्णय गरेको प्रधानमन्त्री स्कट मरिसनले जानकारी दिए । मोरिसनले भोलि साँझ ९ बजेदेखि यो नियम लागु गरिने जानकारी दिए ।
उनले यसका लागि न्युजिल्याण्डकी प्रधानमन्त्रीसँग छलफल गरिएको र सँगै यात्रा प्रतिबन्धको निर्णय लिइएको पनि जानकारी दिए ।
विदेशमा रहेका अस्ट्रेलियाली नागरिक स्वदेश फर्कन पाए पनि उनीहरु देशमा फर्किएपछि १४ दिन आइसोलेसनमा बस्नुपर्ने बताइएको छ ।
अस्ट्रेलियामा हिजो एकै दिन १११ जना नयाँ संक्रमित फेला परेका थिए । योसँगै देशमा संक्रमितको सङ्ख्या ५६५ पुगेको छ । यसमध्ये २५९ विदेशबाट आएकामा देखिएको जनाइएको छ । ५६५ मध्ये ४६ जना निको भएका छन् भने ६ जनाले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी