सानेपा प्रवेशका लागि नेविसंघ–तरुण दलका पूर्वअध्यक्षहरुका यस्ता छन् एजेण्डा
काठमाडौं । नेपाली काँग्रेसका नेता–कार्यकर्तामा आसन्न महाधिवेशन केन्द्रित जोडघटाउ सुरु भइसकेको छ । महाधिवेशन तिथि मिति (२०७७ फागुन ७–१० गते) सार्वजनिक भइ तयारीका गतिविधि अगाडि बढेसँगै नेता–कार्यकर्ता आन्तरिक राणनीतिमा व्यस्त देखिन्छन् ।
आफू अनुकुल माहोल बनाउन पार्टी नेतृत्वदेखि केन्द्रीय सदस्यका आकांक्षीसम्म लागिपरेका देखिन्छन् । प्रमुख भ्रातृ संगठन नेविसंघ, तरुण दलका पूर्व अध्यक्षहरु आगामी महाधिवेशनमार्फत पार्टीको केन्द्रीय समितिमा आउनका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
रातोपाटीले नेविसंघ र तरुण दलका ६ जना पूर्वअध्यक्षसँग काँग्रेस रुपान्तरणको एजेण्डाबारे चासो राखेको छ । प्रस्तुत छ, उनीहरुका भनाइ जस्ताको तस्तै :
महेन्द्र शर्मा, नेविसंघका पूर्वअध्यक्ष
मुलुक रुपान्तरणको नेतृत्व गर्दै आएको काँग्रेस योबीचमा कता–कता सैद्धान्तिक, वैचारिक, आदर्श र मूल्यमान्यताको राजनीतिमा लड्खडाएको जस्तो छ । पार्टीमा शक्ति प्राप्तिको राजनीति चरम उत्कर्षमा पुगेको छ ।
लोकतान्त्रिक पद्धतिबाट जितेर जाने र पछि लोकतन्त्रका आधारस्तम्भलाई भत्काउने सर्वसत्तावादको अभ्यास काँग्रेसभित्र देखिएको छ । शक्तिको आडमा पार्टीको विधि–विधानलाई लत्याएर थप शक्ति आर्जन गर्ने प्रवृति छ । यो कुरामा सुधार गर्नुपर्छ । मेरो मुख्य एजेण्डा भनेको ‘उन्नत काँग्रेस, उन्नत लोकतन्त्र, समृद्ध नेपाल सुदृढ गणतन्त्र’ हो ।
परिस्कृत लोकतन्त्र अहिलेको आवश्यकता हो । अहिले हामीले अभ्यास गरिरहेको लोकतन्त्रले आम जनतालाई सम्बोधन गर्न सकेको छैन । राजनीतिक, सामाजिक र आर्थिक क्रियाकलापमा नेपाली जनताको सहज पहुँच छैन । भोट हाल्ने अधिकारमात्र छ ।
लोकतान्त्रिक पद्धतिमा पनि निर्वाचन प्रणाली पूँजीपतिले मात्र चुनाव लड्न सक्ने बनेको छ । नीति निर्माणको तहमा समान ढंगले प्रतिस्पर्धा गर्ने वातावरण छैन । वर्तमान निर्वाचन प्रणाली सुधार्नुपर्ने आवश्यकता छ । यस विषयमा पार्टीमा बहस हुन जरुरी छ । त्यसका लागि मेरो जोड रहन्छ ।
बजारमा गएर किनबेच गर्न पाउने अधिकारमात्रै आर्थिक स्वतन्त्रता होइन । मान्छेले उत्पादनमा आफ्नो सृजनशीलता उपयोग गर्नक्ने वातावरण पाउनुपर्छ । त्यसो भएपछि मात्र मुलुक समृद्ध बन्छ ।
लोकतन्त्रको उपभोग सानो घेराले मात्र गरेको छ । यसको दायरा विस्तारमा राजनीतिक नेतृत्वले ध्यान दिन जरुरी छ । यस विषयलाई गम्भीर ढंगले लिएको छु ।
रञ्जित कर्ण, नेविसंघका पूर्वअध्यक्ष
राष्ट्रिय राजनीतिका जल्दाबल्दा विषयमा बहस हुँदैन । हिजोका दिनमा केन्द्रीय कार्यसमिति बाहिर हुँदा आदर्शका कुरा गर्ने साथीहरु पनि गुटगत भागबण्डामा सीमित भएको पाइयो । अर्कोतिर पार्टी नेतृत्वमा दम्भ फोबिया देखियो । त्यो दम्भ फोबियाले पार्टीलाई हरदिन क्षति पु¥याइरहेको छ । त्यसलाई रोक्ने अहिलेको आवश्यकता हो । योसँगै काँग्रेस संगठन निकै कमजोर अवस्थामा छ ।
पार्टी संगठन वडा र बुथमा बलियो बनाउन आवश्यक छ । कुनै पनि बुथमा काँग्रेसका ५० जना कार्यकर्ता पनि छैन ।
अब काँग्रेसले प्रत्येक बुथस्तरीय कार्यकर्तालाई प्रशिक्षण दिएर संगठन विस्तार र व्यवस्थित गर्न जरुरी छ ।
केन्द्रीय कार्यसमितिले त्यो गर्न सक्यो भने निर्वाचनमा, सामाजिक कार्यमा उनीहरुलाई परिचालन गर्न सक्छौँ । त्यो काँग्रेसका लागि फलदायी हुन्छ ।
नेपाली काँग्रेसले भ्रष्टाचार निर्मुलका लागि लाग्नुपर्छ । त्यसका लागि सबै कार्यकर्ताले आयमुलक काम गर्नेपर्छ । कम्तिमा दिनको दुई घण्टा र हप्ताको दुई दिन हामीले काम गर्नुपर्छ । त्यो ग¥यो भने कुनै गलत काम गर्नुपर्दैन ।
गलत काम नगर्दा भ्रष्टाचार आफै कम हुन्छ । अनि नेताहरुप्रति आमजनले हेर्ने दृष्टिकोण फरक हुन्छ । एउटा व्यक्तिले भ्रष्टाचार गर्ने कुरा ठूलो होइन । एउटा नेतृत्व गर्ने व्यक्तिले भ्रष्टाचार ग¥यो भने यसले समाजमा ठूलो असर पर्छ । त्यसैले आम कार्यकर्तालाई आर्थिक रुपमा केही काम गर्नुपर्छ भनेर आवश्यक प्रशिक्षण दिन जरुरी छ । यसमा मेरो जोड रहन्छ ।
अहिलेको युग आर्थिक क्रान्तिको युग हो । हिजो हाम्रो आन्दोलन राजनीतिक स्थायित्वका लागि थियो भने अब हाम्रो आन्दोलन आर्थिक समृद्धिका लागि हुनुपर्छ ।
त्यसैले काँग्रेसका सम्पूर्ण कार्यकर्ताहरुले आ–आफ्नो तहबाट आर्थिक विकासको स्पष्ट खाका तयार पार्न जरुरी छ । यसका लागि प्रशिक्षण दिने, आर्थिक विज्ञसँग परामर्श लिने, जनतासँग अन्तक्र्रिया गरेर स्थानीय आवश्यक पहिचान गरेर यी विषयमा केन्द्रिकृत हुन जरुरी छ । मेरो प्राथमिकता यिनै तीन विषयमा जोड दिने हो ।
नैनसिंह महर, नेविसंघका पूर्वअध्यक्ष
८० प्रतिशतभन्दा बढी हिजो नेविसंघको नेतृत्व गरेका अनुहारहरु पार्टीको केन्द्रीय कार्यालय सानेपामा छन् । पार्टी सभापति नै नेविसंघको दोस्रो अध्यक्ष हो ।
यतिबेलाको केन्द्रीय कार्यसमितिमा ८० प्रतिशत भन्दा बढी बर्चस्व नेविसंघबाट गएकाहरु नै छ । यो केन्द्रीय कार्यसमिति ‘फङ्सनेबल’ हुन सकेन भन्ने आरोप छ ।
नेविसंघ र तरुण दलको निर्माण त गरौँ । तर, तीनलाई स्टिम, राजनीति आचरण, व्यवहार सिकाउन सकेनौँ ।
उनीहरु राष्ट्रिय राजनीति तथा प्रजातन्त्रबारे पूर्ण प्रशिक्षित हुन सकेनन् कि ? भन्ने प्रश्न उब्जेको छ । उनीहरुले जे बुझेका थिए, त्यही गरे । यति नै बुझेकाले यस्तो भएको हो । यो भन्दा राम्रो बनाउनुपथ्र्यो भन्ने पनि छ । अबको नेविसंघ र तरुण दलको अनुहार फेरिनुपर्छ । यसको काम गर्ने अवधारणा फेरिनुपर्छ । यसले मात्र पुगेन भने युवा काँग्रेस निर्माण गर्नपर्ने हुन्छ । किनभने ३२ वर्षसम्म नेविसंघ, ३२ देखि ४० सम्म तरुण दल र ४० देखि ५० युवा काँग्रेसको अवधारणा तयार गर्दा हुन्छ । युवा काँग्रेसलाई सेनाको स्टाफ कलेजजस्तो बनाउने र त्यहाँ प्रजातन्त्र, विकास राजनीति, समाजशास्त्र, अन्तर्राष्ट्रिय नीतिलगायतका विषयमा सिकाउन आवश्यक छ ।
आचरण व्यवहार, नैतिकताका साथै राज्य सञ्चालन र राजनीतिका लागि चाहिने कम्पोनेटबारे प्रशिक्षित भएको जनशक्ति पार्टीमा पुगेर नेतृत्व गर्दा राम्रोसँग पार्टी सञ्चालन हुन्छ । ५४ सालमा पार्टीको साखमा गिरावट आएको थियो । त्यतिबेला नेताहरुले तरुण दलको पुनस्र्थापना गरेर त्यसको माध्यमले हामी जनतासँगको सम्बन्धमा जोडिने काम भएको थियो । जनतामा पनि नेपाली काँग्रेसको नयाँ संस्थाको संरचना भएकाले विश्वास पनि जाग्यो । पार्टीका धेरै कार्यकर्ताले जिम्मेवारी पनि पाए । जसले पार्टीलाई मुभ ग¥यो र ५६ सालको चुनाव राम्रो नजिता हात प¥यो । अहिले पनि काँग्रेसमा नयाँ संस्थाको खाँचो छ । वडादेखि केन्द्रसम्म १ लाख २७ हजार नेता कार्यकर्ता अटाउन सक्ने यसको संरचना छ ।
तीन पटक सांसदको टिकट पाएको र तीन पटक केन्द्रीय सदस्य भएको काँग्रेस नेता कार्यकर्ताले चौथो पटकका लागि प्रतिस्पर्धा गर्नु हुँदैन । अवसरको न्यायोचित वितरण हुनुपर्छ । तर कहिलेकाहीँ पार्टीमा नेतृत्वको खडेरी हुने सक्ने अवस्था पनि आउन सक्छ ।
त्यसैले पूर्व पदाधिकारी र वर्तमान पदाधिकारीको हकमा यो व्यवस्था नलगाऔँ । अन्यको हकमा तीन पटक सांसदको टिकट पाएको र केन्द्रीय सदस्य भएको मान्छेले कि त प्रोमोशन हुनुपर्छ, कि छोड्नुपर्छ । यो कुरा पार्टीको विधानमै राख्न मेरो जोड थियो र छ ।
कसैले नेपाली काँग्रेसको सक्रिय सदस्य जुन दिनबाट लिन्छ, त्यही दिनबाट कैफियतमा उसको सम्पत्ति विवरण लेखिनुपर्छ । हरेक चार वर्षमा काँग्रेसको सदस्यता नविकरण हुन्छ । नविकरण हुँदा उसको सम्पत्तिको पनि लेखाजोखा हुनुपर्छ । यसले पार्टीमा आर्थिक अनुशासन कायम हुन्छ ।
यस्तो व्यवस्था हुँदा स्वच्छ छविका मान्छे राजनीतिबाट किनारा लाग्ने अवस्थाको अन्त्य हुन्छ । जनता र पार्टी कार्यकर्ताले पैसा नभएका नेतालाई नपत्याउने वर्तमान अवस्थामा सुधार आउँछ । यस्तो हुँदा आर्थिक अवस्था कमजोर भएकाले किनारा लाग्नुपर्नेहरुलाई राजनीतिको मुलधारमा जोडिन समस्या हुँदैन ।
पटक पटक राजनीतिक नेतृत्व भ्रष्टाचारमा मुछिन्छ, त्यो पनि कम हुन्छ । किनभने पार्टीले अवैध सम्पति आर्जनमा बन्देज लगाउँदै छानविन गर्ने भएपछि अख्तियार र सम्पति शुद्धिकरणमा जाने अवस्था बन्दैन । मैले गत महासमिति बैठकमै यी तीन कुरा लिखित र मौखिक रुपमा उठाएको थिएँ ।
महादेव गुरुङ, तरुण दलका पूर्वअध्यक्ष
काँग्रेस अहिले नेतृत्वविहीन जस्तो, गन्तव्यविहीन जस्तो र आफैमा अल्मलिएको जस्तो अवस्था छ । अर्कोतिर पार्टी सभापतिजी जसरी पनि फेरि पार्टी सभापति बन्न जे पनि गर्न तयार हुनुहुन्छ । बलियो कम्युनिस्ट सरकार छ । त्योसँग प्रतिस्पर्धा गर्नेभन्दा पनि पार्टी सत्तामा कसरी बसिरहने भन्नेमा ध्यान छ । सबैभन्दा पहिले यो प्रवृत्तिको अन्य आवश्यक छ ।
अब नेतृत्वको परिवर्तनमा लाग्नुपर्छ । शेरबहादुरजीको नेतृत्वमा पार्टीमा परिवर्तन आउँदैन । उहाँले थप बिगार्नुहुन्छ । काँग्रेसलाई बलियो बनाउन नैतिक रुपमा बलियो भएको मान्छे आवश्यक छ ।
हिजो हामीले राष्ट्रियता, समाजवाद र लोकतन्त्रको नारा अगाडि सारेका थियौँ । अहिले पार्टीले बाटो बिराएको छ । यस विषयमा केन्द्रीय समितिमा भएका साथीहरुले बहस र छलफललाई आवश्यक ठानेको देख्दिनँ । यसमा गम्भीर छलफल आवश्यक छ ।
विनोद कायस्थ, तरुण दलका पूर्वअध्यक्ष
पहिलो कुुरा पछिल्लो समय नेपाली काँग्रेस बैचारिक रुपमा अगाडि बढ्न सकिरहेको छैन । मुलुकमा यतिधेरै एजेण्डा छ तर काँग्रेसले त्यसलाई जनताका बीचमा पु¥याउन सकिरहेका छैन ।
बीपी, गणेशमान, सुवर्णशम्शेर, किसुनजी र गिरिजाबाबु जस्ता नेताले नेतृत्व गरेको र देशका हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको पार्टी अहिले दिशाविहीन भएर बसेको अवस्था छ ।
यसको कारक नेतृत्व नै हो । नेतृत्वमा पुगेपछि पार्टीको विधि–विधानमा आफूलाई सर्वेसर्वा ठान्ने मानसिकताको अन्त्य हुन जरुरी छ । नेताहरुले समय क्रममा पार्टीको नेतृत्वमा भएका राम्रो कुरा र नराम्रा कुराबारे बहस गर्नुपर्ने दिन आएको छ । पार्टीले प्रष्ट ढंगले नयाँ दिशा तय गरेर जानुपर्ने आवश्यकता देखेको छु । पदाधिकारी र केन्द्रीय सदस्यले पार्टीको सिद्धान्त, आदर्श, वर्तमान नीति र कार्ययोजनाबारे बहस गर्नुपथ्र्यो । पार्टीमा बहसको प्रारम्भ नै हुन सकेको छैन । पार्टीको केन्द्रीय समिति बैठक कर्मकाण्डीमात्र बनिरहेको छ ।
पार्टी भागबण्डामा रुमल्लिरहेको अवस्था छ । औचित्यका आधारमा जिम्मेवारी दिने काम भएको छैन । हिजोका दिनमा नेविसंघ र तरुण दलको नेतृत्व गरेर पार्टी राजनीतिमा रहेकाहरु पनि गुटगत अवधारणाबाट माथि उठेको देखिँदैन ।
युवा नेताहरु कै कुरा गर्दा एनपी साउद, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठोर, गुरु घिमिरे, बद्री पाण्डे, प्रदीप पौडेलहरुले गुटगत अवधारण त्यागेर एक ठाउँमा उभिएर पार्टीलाई दिशा दिन खोज्नु भएको भए नेतृत्व बाध्य हुन्थ्यो ।
उहाँहरु त्यो ढंगबाट अगाडि बढिरहनु भएको छैन । उहाँहरु गुटको गोटीका रुपमा मात्र परिचालित भएको अवस्था छ । म कुनै गुटको गोटी बन्दिनँ । कार्यकर्तामा भएको क्षमताअनुसारको जिम्मेवारी बाँडफाँट गर्नुमा ध्यान दिन जरुरी छ । संगठन सञ्चालनको प्रक्रिया पारदर्शी हुनप¥यो । बन्द कोठाभित्र केही नेताहरु मात्र बसेर निर्णय लिने प्रथाको अन्य हुनुप¥यो ।
जनतालाई गुड गभर्मेन्सको प्रत्याभूति हुने गरी काँग्रेसले नयाँ कार्ययोजना अगाडि सार्नुपर्ने अहिलेको आवश्यकता हो । त्यो योजनाका साथै नेताहरुको व्यवहारमा पनि परिवर्तन आउन जरुरी छ । हामीले प्रजातान्त्रिक समाजवाद भन्छौँ, नेताहरुको कार्यशैली र व्यवहार हेर्दा सामन्तीजस्तो छ ।
सबै नेताहरुले आफूलाई समाजवादी ढाँचामा आफूलाई ढाल्न सक्नुपर्छ । एउटा नीति बनाएर सबै कार्यकर्तालाई कसरी परिचालित गर्न सकिन्छ । यी कुरामा मेरो जोड रहन्छ ।
उदयसम्शेर राणा, तरुण दलका पूर्वअध्यक्ष
म वित्तीय क्षेत्रमा बढी केन्द्रित हुन्छु । अर्थराज्यमन्त्री बनिसकेकाले मेरो जोड वित्तीय क्षेत्रमा हो । नेपालको वर्तमान अर्थतन्त्रको विषयमा सोध–खोज गरेर पार्टीलाई समय सुहाउँदो आर्थिक नीतिमा डो¥याउन लाग्नेछु ।
अहिले देशी तथा विदेशी लगानीकर्तामा केही गर्न आत्मबल देखिएको पाइँदैन । पार्टीका तर्फबाट त्यो आत्मबल भर्न मेरो भूमिका रहन्छ ।
पार्टीको अन्य गतिविधिभन्दा पनि आर्थिक पाटो र वैदेशिक नीतिको पाटो मेरो चासोको विषय बन्छ । सबैले सबै कुरा गरे हुँदैन । सबै कुरामा बोल्न सबै कुराको जानकारी लिनुपर्छ । विषयगत ढंगले जाँदा राम्रो हुन्छ । वैदेशिक नीतिमा पार्टीलाई थप प्रष्ट पार्दै लैजाने मेरो योजना छ ।
यतिबेला भ्रातृ संगठन परिचालन हुन सकेको छैन । भ्रातृ संगठन परिचालनमा जोड दिन्छु । नेविसंघ, महिला संघ र तरुण दलको परिचालनमा लाग्ने छु । सबै पार्टीमा भावनात्मक एकता छैन । विगतम तरुण दलको अध्यक्ष हुँदा सबै पक्षलाई मिलाएर लग्ने काम गरेको थिएँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे