बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानमा कोरोना भाइरसबाट दुईको मृत्यु

बिहीबार, ०६ चैत २०७६, ०७ : ११
बिहीबार, ०६ चैत २०७६

पाकिस्तानमा कोरोना भाइरसबाट फैलिएको संक्रमण कोभिड–१९ का कारण दुईजनाको मृत्यु भएको पुष्टि भएको छ ।

खैबर पख्तूनख्वा प्रान्तको मरदान जिल्लामा ५० वर्षका एक व्यक्ति र हंगू जिल्लाका ३६ वर्षका अर्का व्यक्ति गरी दुईकाे मृत्यु भएको हो । प्रान्तका वित्त तथा स्वास्थ्यमन्त्री तैमुर खान झगडाले यसबारे पुष्टि गरेका छन् ।

३६ वर्षका ती व्यक्ति भर्खरै दुबईबाट फर्किएको मन्त्रीले जानकारी दिएका छन् । 

उनले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ ।

पाकिस्तानको राजधानी इस्लामाबाद, पंजाब, सिन्ध, खैबर पख्तूनख्वा र पाकिस्तान प्रशासित कश्मीरमा संक्रमितको संख्या ३ सय ७ पुगेको छ ।

यस्तै, पाकिस्तान प्रशासित कश्मीरमा एक व्यक्तिसमेत संक्रमित भएको पुष्टि भएको छ ।

यसैगरी पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा कोरोना भाइरसका ३ सय जना संक्रमित उपचार गराइरहेका छन् जसमध्ये २ जनाको मृत्यु भइसकेको छ भने २ जना ठिक भएर घर फर्किएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप