शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स घट्यो

बिहीबार, ०६ चैत २०७६, ०७ : ०८
बिहीबार, ०६ चैत २०७६

चालू आर्थिक वर्षको माघसम्ममा अर्थतन्त्रका केही सूचकमा सकारात्मक सुधार देखिएको छ भने दुई प्रतिशतभन्दा बढीको मूल्यवृद्धिले उपभोक्तामा थप भार पनि बढेको छ । 

नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको सात महिनासम्मको देशको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदन अनुसार देशको शोधनान्तर अवस्था, विदेशी लगानी र निर्यात व्यापारमा निरन्तर सुधार देखिएको छ तर महँगी तुलनात्मक रूपमा बढेको छ, विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स सामान्य घटेको छ । 

बैङ्कसँग समेत रहेको विदेशी मुद्रासहित नौ महिनालाई वस्तु तथा सेवाको आयात गर्न सक्ने सञ्चिति रहेको छ । जुन अघिल्ला महिनाको तुलनामा केही बढेको अवस्था हो ।

प्रतिवेदन अनुसार प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो माघको तुलनामा करिब दोब्बरले बढेको छ । यस अवधिमा नेपालले १४ अर्ब ३८ करोड रुपियाँ विदेशी लगानी प्राप्त गरेको छ । अघिल्लो वर्षको माघसम्म यस्तो लगानी पाँच अर्ब १५ करोड रुपियाँ मात्र थियो । यसबीचमा विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स भने सामान्य घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप