उजूरी सुरक्षित छन् : छानबिन आयोग
बुधबार, ०५ चैत २०७६, १८ : ३२

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिबारे दर्ता भएको उजूरी सुरक्षित भएको जनाएको छ ।
आयोगका प्रवक्ता ईश्वरीप्रसाद ढकालले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगमा विस्तृत छानबिनका लागि कूल दर्ता हुन आएका तीन हजार १९७ उजूरी रहेको र तिनमा विस्तृत अध्ययनका लागि दुई हजार ५०६ थान सुरक्षित रहेको उल्लेख छ ।
रोल्पाका पत्रकार धनबहादुर रोका मगर बेपत्ता भएको उजूरी हराएको भनी प्रकाशित समाचार तथ्यहीन भएको र उनीसँग सम्बन्धित उजूरी सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्रधिकारमा पर्ने भनी पूर्वपदाधिकारीले निर्णय गरेको हुनाले सोही सत्य निरुपण आयोगमा पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?
-
ठूला परियोजना सञ्चालनको तयारीमा छौँ : अध्यक्ष ढकाल
-
नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प
-
सुनसरीमा गोली चलाउने व्यक्तिको पहिचान खुल्यो
-
बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट