बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिहीबार सबै अदालत बन्द

बुधबार, ०५ चैत २०७६, १८ : १६
बुधबार, ०५ चैत २०७६

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको आज भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै उनको शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि आज बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनको शोकमा बिहीबार सम्पूर्ण अदालत तथा न्यायाधिकरण बन्द गर्ने निर्णय गरेको हो ।
      
धनकुटा जिल्लामा १९८९ साल चैत ३० गते जन्मनुभएका श्रेष्ठ न्याय सेवामा शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश भएका थिए । उनी उमेरहदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त भएका थिए ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनले न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति भएको र मुलुकले देवानी कानूनका क्षेत्रका विशेष दख्खल राख्ने एक निर्भीक, अत्यन्त मिलनसार र  मृदुभाषी व्यक्तित्व गुमाएको उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप