शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको कारण ‘लक्का–जवान’को रिलिज स्थगित

बुधबार, ०५ चैत २०७६, १८ : ०१
बुधबार, ०५ चैत २०७६

काठमाडौं । विश्वमा महामारीका रुपमा देखिएको कोरोना अहिलेसम्म नेपालमा देखिएको त छैन । तर यसको प्रभाव भने सबै क्षेत्रमा पर्न थालेको छ । 

कोरोनाको प्रभाव नेपाली फिल्म क्षेत्रमा पनि राम्रो देखिएको छ । सोही कारण रिलिजको तयारीमा रहेका फिल्महरु धमाधम स्थगित हुन थालेका छन् । 

यस्तैमा कोरोनाको कारण फिल्म ‘लक्का–जवान’को रिलिज पनि स्थगित भएको छ । यहि चैत २१ गतेबाट प्रदर्शनमा आउँने तयारीमा रहेको फिल्मको प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको निर्माता किरण केसीले जानकारी दिए ।

फिल्ममा दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाललगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुती रहेको ‘लक्का जवान’को कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप