शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस संक्रमण रोकथाम गर्न सरकारले गर्‍यो १५ निर्णय (भिडियो सहित)

बुधबार, ०५ चैत २०७६, १७ : ०२
बुधबार, ०५ चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण तथा रोकथामका निम्ति सरकारले विभिन्न १५ वटा महत्तवपूर्ण निर्णय गरेको छ । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार सरकारले चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्नेलगायतका १५ वटा निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कारोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्ने, सिनेमा हल, सांस्कृतिक केन्द्र, डान्स क्लवलगायतलाई ३० अप्रिल २०२० सम्म बन्द गर्नेलगायत छन् । 


समितिमा उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापालगायत उच्च सरकारी अधिकारी छन् । 

चीनको ऊहानबाट फैलिएको कोरोना विश्वका १६३ देशमा फैलिएको र भारतमासमेत तीन जनाको मृत्यु भइसकेको अवस्थामा नयाँ रणनीति बनाउने योजनासहित उच्चस्तरीय समितिको बैठक बसेको हो ।

बैठकले सर्वसाधारणलाई अत्यावाश्यक कामबाहेक हिँडडुल नगर्न समेत भनेको छ । त्यस्तै सार्वजनिक यातायातले सिट क्षमताभन्दा बढि यात्रु नओसार्न चेतावनी दिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप