शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कृषिमा छलाङ मार्ने मन्त्री भूसालका यस्ता छन् ५ सूत्र (भिडियो सहित)

बुधबार, ०५ चैत २०७६, १६ : १३
बुधबार, ०५ चैत २०७६

काठमाडौं । कृषिमन्त्री घनश्याम भूसालले देशको कृषि क्षेत्रको आमूल परिवर्तनका लागि भन्दै ५ सुत्र अघि सारेका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भूसालले कृषि आधुनिकरण र  दीर्घ लक्ष्यको प्रभावकारी योजनासहितको आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन् । 

मन्त्री भूसालले मुलुकको कृषि क्षेत्रको आमूल परिवर्तनका खातिर भन्दै उत्पादन सामाग्रीको अनुदानसहित सर्वसुलभ कृषि कर्जा र न्यूनतम बचतको ग्यारेण्टी समेतलाई समेटेर ५ योजना अघि सारेका छन् । 

यस्ता छन् मन्त्रीका ५ दुरगामी योजना

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भूसालले आधुनिक कृषिका लागि अहिले सरकारले दिने गरेको कृषि अनुदान कटौती गर्दै कृषि सामग्रीको अनुदान दिने बताएका छन् । योजना प्रस्तुत गर्दै मन्त्री भूसालले यस्तो अनुदान अहिले सरकारले दिँदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टा सबैले पाउने गरी बीउ÷नश्ल, मल, सिञ्चाई, बिजुली, पानी जस्ता उत्पादनका मुख्य सामग्री उपलब्ध गराइने बताए ।

यस्तै, मन्त्री भूसालले आधुनिक कृषिका लागि टेक्निकल (प्राधिक) पक्षलाई जोड दिने बताएका छन् । आधुनिक कृषिका लागि सरकारले हरेक किसानले प्राधिक सेवा पाउने कुराको ग्यारेन्टी गर्ने बताएका छन् । यसका लागि गाउँ–गाउँमा प्राविधिक टोली खटाउने योजना मन्त्रालयको रहेको बताए ।

त्यस्तै, अहिले कृषिमा प्रदान गरिँदै आएको अनुदान ऋणलाई व्यवस्थित गर्दै अझ सस्तो र सूलभ बनाउने बताएका छन् । सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहुँच ग्यारेन्टी नभएको अहिलेको अवस्थालाई अन्त्य गर्दै हरेक किसानलाई ५ प्रतिशतले नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिने मन्त्री भूसालले बताए ।

अहिले हुँदै आएको कृषि क्षेत्रको वेवारिसे अवस्थालाई मध्यनजर गर्दै सरकारले कृषि बाली तथा पशुपन्छी बीमा कार्यक्रमलाई समेत व्यवस्थित ढंगले अघि बढाइने मन्त्रीले बताए । कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहँुचसम्म पु¥याउने ग्यारेन्टी समेत सरकारले गर्ने बताए ।

र अन्तिम योजनामा मन्त्री भूषालले कृषि उत्पादनलाई प्रोत्साहन गर्दै हरेक कृषकको उत्पादनको लागतका हिसाबले न्यूनतम २५ प्रतिशत नाफा रहने गरी बालीको मूल्य निर्धारण गरिने बताएका छन् । यसो गर्दा किसानले आफ्नो उत्पादन सरकारले तोकेको भन्दा बढी मूल्यमा बजारमा बेच्न सक्ने तर बजारमा न्यूनतम मूल्यमा पनि नबिके सरकार आफैंले खरिद गर्ने ग्यारेन्टी दिने बताएका छन् । 

यो प्रतिबद्धताका लागि प्रतिबद्धता मात्र नभएर कार्यन्वयन गरेर देखाउने मन्त्रीले भूसालले प्रण गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप