शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा छैन कोरोनाभाइरसको संक्रमण, ५१० जनाको नमुना टेस्ट गर्दा एकजनामा पनि भेटिएन

बुधबार, ०५ चैत २०७६, १६ : ०६
बुधबार, ०५ चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) लाई लिएर नेपालमा चौतर्फी त्रास फैलिरहेको बेला हाल देशमा संक्रमण भने कसैमा पनि नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयले हालसम्म गरिएको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको भएपनि उनी निको भइसकेको र अहिले कसैमा पनि संक्रमण नरहेको स्पष्ट पारेको हो । 

मन्त्रालयका अनुसार हालसम्म संकास्पद ५१२ जनाको स्याम्पल टेस्ट भएकोमा ५११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 


सुरुमै चीनबाट आएका एक नेपालीमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकोमा उनी निको भएपछि त्यसयता कसैमा पनि भाइरसको संक्रमण नदेखिएको मन्त्रालयको भनाइ छ । 

अहिले मौसम परिवर्तनको समय रहेकाले रुघाखोकीको बिरामी हुने हुँदा अहिले थप त्रास देखिएको छ ।  तर सरकारले पर्याप्त सावधानी अपनाइएको र नागरिक स्वयमलाई पनि सावधानी अपनाउन अपील गरेको छ । 

यसैबीच विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसबाट बुधबार अपरान्हसम्म २ लाखबढी संक्रमित भइसकेका छन् भने ८ हजार बढीको ज्यान गइसकेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप