शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउण्टर दुवाकोटमा

बुधबार, ०५ चैत २०७६, १५ : २५
बुधबार, ०५ चैत २०७६

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ३ मा आफ्नो एक्सटेन्सन काउण्टर विस्तार गरेको छ । नयाँ खुलेको दुवाकोटास्थित विस्तारित (एक्सटेन्सन) काउण्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ । 

यो काठमाडौंको केन्द्रबाट करिब २० किलोमिटर दूरीमा छ । दुवाकोटको एक्सटेन्सन काउन्टर स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण विस्तारित काउण्टरका रूपमा सञ्चालित हुने छ ।

यो नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) को १७ औं एक्सटेन्सन काउण्टर हो, ग्राहकहरूको वित्तीय पहुँचमा सहयोग पु¥याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित उद्घाटन गरिएको बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप