शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आकाशे पुलमुनिको ट्राफिक आइल्याण्डको रेखदेखमा प्रभु बैंकको सहयोग

बुधबार, ०५ चैत २०७६, १५ : २४
बुधबार, ०५ चैत २०७६

काठमाडौं– प्रभु बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बीच चैत ४ गते बगैचा र फाउण्टेन निर्माण गर्नेबारे समझदारी भएको छ ।

काठमाडौं महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तिनधारा सस्कृत पाठाशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने/रेखदेख गर्ने सोको संचालन तथा शहरी सौन्र्दयीकरण कामका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यको उपस्थितीमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाडौं महानगरपालिकाका तर्फबाट सहसचिब राजेश्वर ज्ञवालीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप