शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हराभरा तोरी फूल्यो खोकनाको बारीमा (फोटोफिचर)

बुधबार, ०५ चैत २०७६, १५ : ०२
बुधबार, ०५ चैत २०७६

ललितपुर । ललितपुरको खोकना प्राचिनकालमा तोरीका लागि प्रख्यात थियो । बढ्दो सहरीकरण तथा बस्ती विकासले खेतीयोग्य जमिन मासिने क्रममा छ । यद्यपि खोकनाले आफ्नो प्राचिन पहिचानलाई अहिले पनि जोगाउने प्रयत्न गरिरहेको छ । खोकनाका बारीमा यतिबेला तोरी हराभरा फूलेको देख्न सकिन्छ ।

यहाँका पुराना बासिन्दा अझै पनि खेतीमा सक्रिय छन् । अन्य सिजनमा तरकारी तथा अन्नबाली लगाए पनि वर्षमा एउटा सिजन खोकनाका बारीमा तोरी फूल्ने गर्दछ । यहाँका किसानले तोरीका लागि प्रख्यात खोकनाको पहिचानलाई अझै जीवन्त राख्ने प्रयास गरिरहेका छन् । खोकनामा अझै पनि तोरी पेल्ने परम्परागत कोल नै प्रयोग गरिन्छ । मुख्य सहरबाट नजिकै रहेको खोकनाको परम्परा, संस्कृति अवलोकनका लागि पर्यटकहरुसमेत पुग्ने गर्दछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप