बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ

बुधबार, ०५ चैत २०७६, १२ : ३८
बुधबार, ०५ चैत २०७६

काठमाडौं । मकवानपुरको हेटौडा उपमहानगरपालिका-१५ बाट श्रोत नखुलेको भारतीय रुपैयाँ ९ लाख ९९ हजार सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत बैरातपुर जिल्ला पैरोसव बस्ने ३१ वर्षीय बिजय चौधरीसहित २ जना रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले लमहीबाट वीरगंजतर्फ जाँदै गरेको डब्लुबि २३ ई २३३३ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिका-१२ स्थित जनकपुर एयरपोर्टबाट ३ लाख श्रोत नखुलेको भारतीय रुपैयाँ सहित भारत मुजफरपुर बस्ने २० वर्षीय शिवम कुमारलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरबाट काठमाडौं जान लागेका कुमारलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।      
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप