वामदेवका विषयमा सचिवालयमा छलफल हुदैन : वरिष्ठ नेता खनाल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दैछ । बुधबार अपरान्ह ४ बजेका लागि तय भएको बैठकमा समसामयिक विषयमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेता खनालका अनुसार बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था, पार्टी एकीकरणका बाँकी कामको टुङ्गो र कोरोना भाइरसविरुद्ध पार्टी पंक्ति कसरी परिचालन गर्ने भन्ने विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यअवस्थाबारे पहिला व्रिफिङ गर्नेछन् । त्यसपछि अरु एजेण्डामा छलफल हुने बुझिएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मङ्गलबार भेटवार्तापछि बुधबार सचिवालय बैठक डाकिएको हो ।
यसअघि फागुन १८ गते प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि सचिवालय बैठक बसेको थियो । ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि पहिलोपटक बस्न लागेको सचिवालय बैठकलाई नेकपाका नेता कार्यकर्ताले महत्त्वका साथ हेरेका छन् ।
खासगरी एमसीसी कार्यान्वयन र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयमा नेकपाले कस्तो नीति बनाउँला भन्नेमा सो पार्टीका नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् । तर नेकपाका वरिष्ठ नेता खनाल उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने विषयमा छलफल गर्न जरुरी नै नभएको बताउँछन् । ‘वामदेव कमरेडलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय यसअघिकै सचिवालयले गरिसकेको छ । अब त्यो कार्यान्वयन हुन्छ । त्यसैले अब फेरि त्यही विषयमा पुनः छलफल गर्न जरुरी छैन । निर्णय भैसकेको छ,’ खनालले रातोपाटीसँग भने, ‘बरु कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि पार्टी पंक्ति कसरी परिचालन गर्ने भन्ने विषयमा छलफल हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन