वामदेवका विषयमा सचिवालयमा छलफल हुदैन : वरिष्ठ नेता खनाल

'निर्णय भैसकेको विषयमा फेरि किन छलफल ?'

person explore access_timeचैत ५, २०७६ chat_bubble_outline0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दैछ । बुधबार अपरान्ह ४ बजेका लागि तय भएको बैठकमा समसामयिक विषयमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेता खनालका अनुसार बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था, पार्टी एकीकरणका बाँकी कामको टुङ्गो र कोरोना भाइरसविरुद्ध पार्टी पंक्ति कसरी परिचालन गर्ने भन्ने विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यअवस्थाबारे पहिला व्रिफिङ गर्नेछन् । त्यसपछि अरु एजेण्डामा छलफल हुने बुझिएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मङ्गलबार भेटवार्तापछि बुधबार सचिवालय बैठक डाकिएको हो ।

यसअघि फागुन १८ गते प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि सचिवालय बैठक बसेको थियो । ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि पहिलोपटक बस्न लागेको सचिवालय बैठकलाई नेकपाका नेता कार्यकर्ताले महत्त्वका साथ हेरेका छन् ।

खासगरी एमसीसी कार्यान्वयन र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयमा नेकपाले कस्तो नीति बनाउँला भन्नेमा सो पार्टीका नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् । तर नेकपाका वरिष्ठ नेता खनाल उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने विषयमा छलफल गर्न जरुरी नै नभएको बताउँछन् । ‘वामदेव कमरेडलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय यसअघिकै सचिवालयले गरिसकेको छ । अब त्यो कार्यान्वयन हुन्छ । त्यसैले अब फेरि त्यही विषयमा पुनः छलफल गर्न जरुरी छैन । निर्णय भैसकेको छ,’ खनालले रातोपाटीसँग भने, ‘बरु कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि पार्टी पंक्ति कसरी परिचालन गर्ने भन्ने विषयमा छलफल हुनसक्छ ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।