बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मास्क उत्पादन गर्दै ललितपुर महानगरपालिका (तस्बिरसहित)

बुधबार, ०५ चैत २०७६, ०९ : २७
बुधबार, ०५ चैत २०७६

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बजारमा मास्कको अभाव भएपछि ललितपुर महानगरपालिकाले उत्पादनको पहल थालेको छ । 

नेपालमा हाल कसैमा पनि भाइरस नदेखिएको भएपनि यसको त्रासले बजारमा मास्कको चर्को अभाव हुन थालेपछि महानगरपालिकाले उत्पादनको पहल थालेको हो । 

जसअनुसार महानगरपालिका अन्तर्गतको समाजकल्याण महाशाखाले महिलाहरुलाई मास्क बनाउने तालिम दिएर उत्पादनमा लगाएको हो । 

महानगरभित्रका २९ वटै वडामा २–२ जना सिलाई सिकेका महिलालाई २ दिने तालिम दिएर मास्क उत्पादनमा लगाइएको महानगरपालिकाले जनाएको छ । 

सो तालिमबाट सिकेर जाने महिलाले घरमै मास्क उत्पादन गरेर बजार पठाउन सक्ने सो तालिमकी प्रशिक्षक ज्ञानी शोभा महर्जनले जानकारी दिइन् । 

आफूहरुको तालिमपछि उत्पादन हुने मास्कले बजारमा भएको अभावलाई केही हदसम्म पूर्ति गर्न सहयोग मिल्ने उनको विश्वास छ । तालिम लिएकाहरुले उत्पादन गर्ने गरेको मास्क १५ रुपैयाँमा बेच्ने गरिएको बताइएको छ ।

 ‘१५ रुपैयाँमा बेचेर फाइदा त हुने होइन । हामीले फाइदाको लागि भन्दा पनि यसलाई समाजसेवासँग जोडेका छौं’, उनले भनिन् । 

यस्तै महानगरपालिकाले मास्क तालिमसँगै घरेलु विधिबाट स्यानिटाइजर बनाउने तालिम पनि दिइरहेको छ । 

 

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप